Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

राजविराजमा प्रथम देवसुन्दर स्मृती राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगिता शुरु


राजविराजमा प्रथम देवसुन्दर स्मृती राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगिता शुरु

विनय कर्ण,सप्तरी : राजविराजमा शनिबारदेखि प्रथम देवसुन्दर राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगिता शुरु भएको छ ।

जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा शुरु भएको प्रतियोगिताको प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले उद्घाटन गरेका छन् ।

उनले १८ केजिको वारबेल (भार) उचालेर प्रतियोगिताको उद्घाट्न गर्दै खेलकुद क्षेत्रको विकासका लागि “खिलेगा मधेश, खेलेगा मधेश” (मधेश फल्ने फुल्ने छ, मधेशले खेल्ने छ) को सिद्धान्तका साथ प्रदेश सरकार अघि बढेको बताए ।

प्रदेशमा खेलकुदको विकास, बिस्तार, प्रवद्र्धन, संचालन र व्यवस्थापनका लागि यस्ता प्रतियोगिताले खेलक्षेत्रका साथै खेलाडी र देशको विकासमा पनि टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

प्रतियोगिता सफलताको शुभकामना दिँदै नेपाल भारोत्तोलन संघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठले मुलुकका लागि सर्वाधिक पदक ल्याउने खेल मध्येका एक भारोत्तोलन खेल भएको बताए ।

जिल्ला भारोत्तोलन संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा सात वटै प्रदेशका साथै सेना, सशस्त्र र नेपाल प्रहरीका गरि १ सय २० महिला र पुरुष खेलाडीको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।

प्रतियोतिामा विभिन्न तौल समूहमा महिलातर्फ १७ र पुरुषतर्फ १८ खेलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको पहिलो दिन शनिबार महिलातर्फको ४५ केजी सिनियर समूहमा नेपाल प्रहरीकी हिरामोति थारुले स्वर्ण पदक हात पारेकी छिन् ।

यस्तै ४५ केजी महिला यूथतर्फ बर्दियाकी अरुणीमा थारु स्वर्ण, सप्तरीकी अम्बिका यादव रजत र कास्कीकी अनिका गुरुङ कास्य पदक जितेकी छिन् ।

४५ केजीकै महिला जुनियरतर्फ बर्दियाकै अरुणीमा थारु स्वर्ण, दाङकी सम्झना चौधरी रजत र सप्तरीकी काजल सदा कास्य पदक हात पारेकी छिन् ।

महिलाको ४९ केजी सिनियरतर्फ नेपाल प्रहरीकी संगिता राई स्वर्ण र ललितपुरकी उत्साह पाण्डे रजत पदक जितेकी छिन् । ४९ केजी महिला युथतर्फ सप्तरीकी पूजा मण्डल स्वर्ण, कास्कीकी सुस्मा काफ्ले रजत र सप्तरीकी ज्योती मण्डल कास्य जितेकी छिन् ।

४९ केजी महिला जुनियरतर्फ बर्दियाकी पवित्रा थापा मगरले स्वर्ण पदक जितेकी छिन् । यस्तै पुरुष सिनियरको ५५ केजि तौल समूहमा सेनाका तुलाराम महतोले स्वर्ण, नेपाल प्रहरीका गणेश रानाभाटले रजत तथा बर्दियाका रामकुमार थारुले कास्य पदक हात पारेका छन् ।

उद्घाटन खेलमा बिजेताहरुलाई कार्यक्रमका विशिष्ट अतिथि पूर्वमन्त्री मातृका प्रसाद यादव तथा बोदेबरसाईन नगरपालिकाका प्रमुख आतेश कुमार सिंहले पुरस्कार बितरण गरेका छन् । उद्घाटनका अवसरमा अन्तराष्ट्रिय पदकधारी खेलाडी समेत रहेका अशोक फिटनेश कम्पनीका संचालक अशोक शाहीले विभिन्न जिल्लाका खेलाडीलाई ५० हजार मुल्य बराबरको खेल सामाग्रि निशुल्क उपलब्ध गराए ।

भारोत्तोलन सप्तरीका अध्यक्ष महेश प्रसाद यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा संघका वरिष्ठ उपाध्यक्ष पार्थोसार्थ सेन गुप्ता, महासचिव तिलक राउत, सल्लाहकार सूर्यनाथ यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, काठमाडौं भारोत्तलन संघका अध्यक्ष बिजेन्द्र बिक्रम शाह, जिल्ला खेलकुद विकास समिति सप्तरीका कार्यालय प्रमुख दिनेश भुजेल लगायतले पनि शुभकामना दिएका थिए ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा बिजेतासँगै स्ट्रोङगेस्ट म्यान अफ द टुर्नामेन्ट, स्ट्रोङगेस्ट वुमेन अफ द टुर्नामेन्ट, सर्वोत्कृष्ट महिला र पुरुष तथा राइजिङ प्लेयर महिला र पुरुष खेलाडीको पनि छनोट गरि नगद पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष यादवले जानकारी दिए ।

सप्तरीका पुराना एवं पूर्व राष्ट्रिय भारोत्तोलन खेलाडी राजविराज निवासी ५२ वर्षिय देवसुन्दर यादवको २०७६ कात्र्तिक १४ गते निधन भएको थियो । उनकै स्मृती एवं सम्मनमा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिएको छ ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल
Banner News

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

भदौ १२, २०८०, ६:०५ PM
कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम
Banner News

कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम

जेष्ठ ७, २०८०, १२:१८ PM
ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार
Banner News

ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार

जेष्ठ ७, २०८०, ११:४८ AM
१५ दिने मिथिला परिक्रमा धार्मिकपदयात्रा सुरु
Banner News

१५ दिने मिथिला परिक्रमा धार्मिकपदयात्रा सुरु

फाल्गुन ८, २०७९, १२:५२ PM
मधेशका प्रादेशिक अस्पतालमा लापरबाही
प्रदेश २

मधेशका प्रादेशिक अस्पतालमा लापरबाही

माघ २७, २०७९, ९:४७ AM
मधेश प्रदेशमा सरस्वतीको मुर्ति तयार पार्ने चटारो
प्रदेश २

मधेश प्रदेशमा सरस्वतीको मुर्ति तयार पार्ने चटारो

माघ ११, २०७९, ८:०१ AM
जसपाका अध्यक्ष उपेन्द्र यादब लगायत १३० जनामाथि छान बिन अनुसन्धान गरी मुद्दा चलाउन राष्ट्रीय मानव अधिकार आयोगको सिफारिस
Banner News

जसपाका अध्यक्ष उपेन्द्र यादब लगायत १३० जनामाथि छान बिन अनुसन्धान गरी मुद्दा चलाउन राष्ट्रीय मानव अधिकार आयोगको सिफारिस

पुस २३, २०७९, ६:३९ AM
नेपाल पत्रकार महासंघ रौतहटका पुर्व सचिव मण्डलको निधन
Banner News

नेपाल पत्रकार महासंघ रौतहटका पुर्व सचिव मण्डलको निधन

अशोज ६, २०७९, ८:५२ AM
तमलोपाले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्यो
Banner News

तमलोपाले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्यो

अशोज ५, २०७९, ३:२१ PM
प्रदेश २ लोकसेवा आयोगले अधिकृत सातौँ तहको दरखास्त स्थगित गरेको छ ।
Banner News

मधेश प्रदेशको लोकसेवा आयोगले सोमबार लिएको परीक्षामा भद्रगोल

अशोज ४, २०७९, १२:१७ PM

ताजा समाचार

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

4 weeks ago
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

4 weeks ago
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

3 months ago
तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

4 months ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

4 months ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

4 months ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर