रौतहट ६ असोज
नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिव पत्रकार रविन्द्र मण्डलको निधन भएको छ । बुधवार राति प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा ४९ बर्षिय मण्डलको निधन भएको हो । जिल्लाको दुर्गाभगवती गाउँपालिकाको मत्सरी निवासी उनी लामोसमय देखि थल्ला परेर उपचाररत रहेका थिए ।विगत ४ वर्ष अघि जिल्लाको माधवनारायण नगरपालिकाको लागि भारतीय दुतावास काठमाण्डौंबाट एम्बुलेन्स बुझेर फर्किने क्रममा माँ कल्याणी बसको दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । उपचारकै क्रममा चिकित्सकको लापारवाहीले अपाहीज भएका मण्डलको पछिल्लो लामोसमय देखि बीरगंजमा उपचार भइरहेको थियो । त्यहाँ चिकित्सकहरुले जवाफ दिएपछि सोमबार देखि प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । यसैबिच नेपाल पत्रकार महासंघ रौतहटका सभापति प्रेमचन्द्र झा र माधवनारायण नगरपालिकाले एक शोक विज्ञप्ती जारी गरी मण्डलको निधन प्रति दुःख व्यक्त गर्दै भावपुर्ण श्रद्धाञ्जली तथा समवेदना अर्पण गरेको छ । साथै माधवनारायण नगरपालिकाले आफनो तत्कालीन जिन्सी शाखा प्रमुख मण्डलको निधनमा आज बिहिवार एक दिन शोक विदा पनि दिएको छ ।गम्भीर अवस्थामा रहेका मण्डलको उपचारका लागि बितेको तिनदिन भित्र विभिन्न दाताहरूले लाखौं रुपैया सहयोग गरेका थिए ।
तपाईको प्रतिक्रिया !!