Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

मधेश प्रदेशमा सरस्वतीको मुर्ति तयार पार्ने चटारो


मधेश प्रदेशमा सरस्वतीको मुर्ति तयार पार्ने चटारो

पुष्कर वसन्त जनकपुर माघ ११ गते । मधेस प्रदेशको महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले वसन्त उत्सवको उल्लास छ । श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी पर्वका लागि समाजमा सबै आ–आफ्नो क्षेत्रका काम हेर्दैछन् । यस पर्वमा मिथिलाका कुम्हाल जाति समुदाय अहिले सरस्वतीको मूर्तिमा आफ्नो सीप खन्याउन तल्लीन छन् । अझभन्दा मूर्तिको निखारमा कुम्हाल जुटेका छन् ।

सरस्वती पूजनोत्सवको दिन नजिकिँदै गर्दा कुम्हाललाई अहिले माटो मुछेर बनाइने देवी सरस्वतीका मूर्ति तयार गर्ने चटारो छ । वसन्तपञ्चमी र श्रीपञ्चमीसमेत भनिने माघ शुक्ल पञ्चमीका दिन उल्लासका साथ सरस्वती पूजनोत्सव मनाइने मैथिल परम्परा छ । सरस्वती पूजनोत्सवका लागि माटो मुछेर बनाइएका मूर्तिको माग हुने भएपछि अहिले कुम्हाललाई मूर्तिमा अन्तिम चरणको रङ भर्ने कामले छोपेको छ । कतिपय अझै मूर्तिमा बिभिन्न अङ्गको बनोटबारे अन्तिम छाँटकाँट पनि गर्दैछन् । मुख्यतः अहिले अब मूर्तिमा रङ भर्ने काम देखिँदो छ ।“अब दिन कति बाँकी रहे र रु आउने बिहीबार त पर्व नै हो, मूर्ति त एक दिन पहिले नै तयार भइसक्नुपर्छ”, मूर्तिमा कुचीले विभिन्न रङ भर्न व्यस्त महोत्तरी भङ्गाहा नगरपालिका–५ भूचक्रपुरका सीताराम पण्डित कुम्हाल भन्छन्, “दुई–चार मूर्तिमात्रै बिके पनि अलिकति रकमको जोहो हुन्थ्यो, दिन घर्केपछि फेरि मूर्ति खोज्न त कोही आउँदैनन्, त्यसैले मूर्तिको काम चाँडै सक्नुपरेको छ ।” यसपालि यही माघ १२ गते अर्थात् आउने बिहीबार श्रीपञ्चमी पर्व परेको छ । मूर्तिमा रङ भर्न घरका परिवारजन छोराछोरी पनि रमाइलोका लागि सरिक हुने गरेका सीताराम बताउछन् ।

माटो मुछेर भाँडा, मूर्ति बनाउने पेसाका कुम्हाल अब पर्वविशेषमै आफ्नो पुख्र्यौली व्यवसाय सीमित भएको बताउँछन् । अहिले सरस्वती पूजनोत्सव नजिकिँदै गर्दा मूर्ति बनाउन लागिपरिएको सीतारामको भनाइ छ । मिथिलामा श्रीपञ्चमी पर्वमा विद्यालयमात्र नभई घरमै पनि सरस्वती पूजा गर्ने परम्पराले यो बेला सरस्वतीका मूर्तिको माग बढ्ने गरेको छ । “अब पहिलेजस्तो घरायसी प्रयोजनमा माटाका भाँडा प्रयोग हुन छाड्यो, त्यसैले हाम्रो सीप चाडवाड विशेषमा सीमित भएको छ”, सीतारामले भने ।सरस्वती पूजनोत्सवमा एक महिना पहिलेदेखि नै कुम्हालको व्यस्तता बढ्छ । मूर्तिका लागि माटो छान्ने, ओसार्ने, मुछ्ने, पराल र खरलाई मूर्ति आकार बनाएर माटो भर्ने र अन्त्यमा सरस्वतीको मूर्ति आकर्षक बनाउन विभिन्न रङ भरेर तयार गर्ने यसक्रमका काम हुन्छन् । सामान्यतः पूजनोत्सवमा सरस्वतीसँगै गणेशजीको मूर्तिको पनि माग हुन्छ । हिन्दू परम्परामा सबै शुभकार्यमा गणेशजीको अग्रपूजाको परम्पराले सरस्वती पूजनोत्सवमा पनि गणेशजीका मूर्तिको माग हुने गरेको महोत्तरीकै लोहारपट्टी नगरपालिका–४ पिपराढीका महेश्वर पण्डित बताउछन्।

बितेका दुई–तीन वर्ष पर्वकै मुखमा कोरोना सङ्क्रमण सन्त्रासले पूजनोत्सव समारोह राम्ररी आयोजन हुन नसक्दा कारोबार नभएको कुम्हाल सम्झन्छन् । यसपालि भने सरस्वती पूजनोत्सवका लागि ठाउँ–ठाउँबाट मूर्तिको माग भएको हुँदा अलि धमाधम परेको कुम्हालहरूको भनाइ छ । मूर्ति र माटाका भाँडा बनाउने काम पुख्र्यौली पेसासँग जोडिएको हुँदा त्यो परिचय थाम्न पनि अझै माटोसँग खेल्दै गरेको मनराशिशवा नगरपालिकाको सहसरामका ६० वर्षीय रामविलास पण्डित बताउछन् ।

“पहिले पो घरायसी प्रयोजनमा माटाका गाग्री, तौला ९सामान राख्ने र खाना पकाउनसमेत प्रयोग गरिने भाँडा०, ढकन, अङ्खरा र छ्याँची ९दही जमाउने भाँडा० प्रयोग हुन्थे र पो सधैँ यी सामानको बजार जम्थ्यो”, रामविलास भन्छन्, “अब दैनिक प्रयोजनमा माटाका भाँडाको ठाउँ प्लाष्टिकका भाँडाले लिएपछि हाम्रो सीप पनि चाडपर्वमा खुम्चेको छ ।” दुई दशक पहिलेसम्म सधैँ माटाका भाँडा बनाउन व्यस्त रहने कुम्हाल अब चाडपर्व विशेषका भाँडा र मूर्ति बनाएर पुख्र्यौली पेसाको पहिचानमात्र कायम राखिएको बताउँछन् । पछिल्ला केही दशकयता घरायसी प्रयोजनमा डेक्ची, बाटा, बाल्टिन, गिलास, अङ्खराजस्ता भाँडामात्र नभएर बाँसको चोयाबाट बन्ने डाली, छिटी, नाङ्लो र चाल्नोसहितका सामान पनि प्लाष्टिककै प्रयोग हुन थालेका छन् । माटाका भाँडा सानो असावधानीले छिसिक्क कतै ठोक्किनासाथ फुट्ने हुँदा अब सर्वसाधारण उपभोक्ताको रोजाइमा प्लाष्टिकका भाँडा पर्न थालेका कुम्हाल स्वयं स्वीकार गर्छन् ।

दशैँमा दुर्गा, तिहारमा लक्ष्मी, श्रीपञ्चमीमा सरस्वती, भदौ शुक्ल चौथीमा गणेश, भदौ कृष्ण अष्टमीमा श्रीकृष्ण र असोज सङ्क्रान्तिमा विश्वकर्माबाबाका मूर्ति माग हुन्छन् । यसबाहेक तिहार, छठ र चौरचनसहितका पर्वमा बत्ती बाल्ने दियो, गाग्री, तौला, दही जमाउने छ्याँची र केही सानातिना भाँडाका माग बढ्दा पर्वविशेषको व्यस्तता हुने र अन्य समय जीवन गुजाराका लागि अरु काममा लगाउने गरिएको कुम्हालहरूको भनाइ छ ।

आफ्ना पछिल्ला पुस्ताले त जीवन गुजारा नचल्ने भएपछि पुख्र्यौली यो पेसा छाड्दै गएका लोहारपट्टी–४ पिपराढीकै राजकिशोर पण्डित बताउछन्। “हेर्नोस्, हाम्रो बस्तीमा ४० घरजति कुम्हाल हौँला, अब अहिले हेर्दा ३० वर्षमुनिका कोही माटाका मूर्ति र भाँडा बनाउने काममा छैनन्”, ६५ वर्षीय राजकिशोर भने, “जीवन गुजारा नचल्ने भएपछि नयाँ पुस्ता अन्य व्यवसायमा लागेका छन्, हाम्रो शेषपछि यो पुख्र्यौली काम पनि कसैले थेग्लान् भन्ने लाग्दैन ।”

जिल्लामा अल्पसङ्ख्यक नै देखिने कुम्हाल जातिका पाका व्यक्ति अब एक–दुई पुस्तापछि नै चाडपर्वमा चाहिने माटाका भाँडा पनि बाहिरबाट ल्याउनुपर्ने अवस्था आउने बताउँछन् । पछिल्लो पुस्तालाई पुख्र्यौली पेसाले जीवन धान्छ भन्ने नलागेपछि अब यो पेसा हराउँदै गएको पाका कुम्हाल आफैँ बताउँछन् । जिल्लामा अल्पसङ्ख्यक रहेको यो समुदायको जनसङ्ख्या अझै पाँच हजारमुनि नै छ ।
एगकजपबच
एगकजपबच
एगकजपबच द्यबकबलत
ध्चष्तभ तय न्भ् प्ज्ब्द्यब्च्

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल
Banner News

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

भदौ १२, २०८०, ६:०५ PM
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM
नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM
कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम
Banner News

कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम

जेष्ठ ७, २०८०, १२:१८ PM
विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन
Banner News

विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन

जेष्ठ ७, २०८०, ११:५६ AM

ताजा समाचार

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

1 month ago
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

1 month ago
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

3 months ago
तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

4 months ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

4 months ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

4 months ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर