Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम


कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम

७ जेठ, रौतहट । भन्सार कार्यालय गौरका कर्मचारीहरुले ‘सेटिङ’मा न्यून मूल्यमा रासायनिक मल लिलाम गरेको पाइएको छ । लिलाम प्रक्रियामा गल्ती भएको भनेर भन्सार प्रमुखले स्वीकार गरेका छन् भने जिल्ला प्रशासन कार्यालयले कागजपत्र झिकाएर अध्ययन गरिरहेको छ ।

गत सोमबार गौर भन्सार कार्यालयका पाँच जना कर्मचारीहरुको मिलेमतोमा २० लाख रुपैयाँ बराबरको रासायनिक मल १० लाख २ हजार रुपैयाँमा लिलाम गरिएको थियो । त्यसका लागि कर्मचारीहरुले दुई घण्टे सूचना जारी गरेका थिए भने रासायनिक मलको कारोबार गर्ने अनुमति नै नभएका कम्पनीलाई समेत लिलाम प्रक्रियामा समेटेका थिए ।

जेठ १ गते नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले रौतहटको राजपुर ५ मा रहेको एक गोदाममा भारतबाट अवैध तरिकाले भित्राइएको १ हजार ३०६ बोरा रासायनिक मल बरामद गरेर आवश्यक कारवाहीका लागि गौर भन्सारमा बुझाएको थियो । भारतबाट अवैध रुपमा तस्करी गरी गोदाममा थन्क्याइएको अवस्थामा बरामद भएको सो मल नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रुग्याँस प्रहार गर्नुपरेको थियो ।

प्रहरीले ८०३ बोरा युरिया, ४७९ बोरा डिएपी र २४ बोरा पोटास बरामद गरेर भन्सार कार्यालयमा बुझाएको थियो । प्रहरीले भन्सारमा बुझाएको प्रतिवेदनमा सो मल २० लाख २ हजार ६० रुपैयाँ बराबरको रहेको उल्लेख छ । तर गौर भन्सारले १० लाख २ हजार रुपैयाँमा जय माँ दुर्गा सप्लायर्स राजपुरलाई सोमबार बेलुकी लिलाम गरेको पाइएको छ ।

लिलाम प्रक्रियामा नायब सुब्बा रेवती रोक्का सहित नायब सुब्बाहरु शिवहरी निरौला, नवीन कुमार ठाकुर, गजेन्द्र थापा, निशा सर्राफलगायतले बदमासी गरेको आरोप लागेको छ ।

नायब सुब्बा रेवती रोक्का
भन्सार कार्यालयका कर्मचारीहरुले प्रमुख भन्सार अधिकृत बासुदेव नेपाल घर विदामा रहेको बेला लिलामीको सूचना जारी गरेका थिए । लिलाम प्रक्रियामा जय माता दी जनरल सप्लायर्स गौर, जेएमडी सप्लायर्स गौर र जय माँ दुर्गा सप्लायर्स राजपुरलाई समावेश थिए ।

तर जय माता दी सप्लायर्स गौर र जेएमडी गौरसँग रासायनिक मलको कारोबार गर्ने अनुमति नै नरहेको भेटिएको छ । ‘साढे चार बजेतिर लिलामीको सूचना जारी भएको र दुई(तीन घण्टाभित्रै जय माँ दुर्गाले सकारेको देखिन्छ,’ स्रोतले भन्यो ।

‘गुड फेथ’मा कर्मचारीले बदमासी गरे स् प्रमुख नेपाल

गौरका प्रमुख भन्सार अधिकृत बासुदेव नेपालले रासायनिक मल लिलाम प्रक्रियामा गल्ती भएको स्वीकारसमेत गरेका छन् ।

प्रमुख भन्सार अधिकृत बासुदेव नेपाल
आफू बिदामा बसेको दिन मल भन्सारमा थन्किँदा वर्षा भएर सबै गल्ने र राजस्व पनि नउठ्ने भन्दै भन्सारका कर्मचारीहरुले आफूलाई कार्यालयमा हाजिर भई लिलाम गराउन आग्रह गर्दै बारम्बार फोन गरेको प्रमुख बासुदेव नेपालले बताए । ‘बारम्बार फोन आएपछि आफूले प्रक्रिया अगाडि बढाउन भनेको र अन्तिममा बेलुकी कार्यालय आएर हतारमा सही गरेको थिएँ,’ गौर भन्सार प्रमुख नेपालले अनलाइनखबरसँग भने, ‘कार्यालयमा काम गर्ने कर्मचारीहरुले मलाई ‘गुड फेथ’ मा लिएर सही गराए ।’

भन्सारबाट लिलामीको प्रक्रिया सम्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले छानबिनको लागि कागजपत्र माग गर्दै चिठी पठाएको र त्यसपछि आफूले कागजपत्र जाँच गर्दार् त्रुटी फेला परेको प्रमुख नेपालले बताए ।

प्रारम्भिक अध्ययनमा लिलामी प्रक्रिया शंकास्पद छ स् प्रजिअ मिश्र

भन्सार कार्यालयका कर्मचारीको बदमासीका कारण आधा मूल्यमा सोमबार बेलुका मल लिलाम भएको भन्ने सूचना पाएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले त्यस सम्बन्धी कागजपत्र मंगलबार झिकाएको थियो ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र
रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले प्रारम्भिक अध्ययनमा लिलामी प्रक्रिया शंकास्पद देखिएको बताए । ‘गडबड छ भनेर कम्प्लेन आएपछि कागजपत्र झिकाएर प्रारम्भिक रुपमा हेर्दा लिलाम प्रक्रिया शंकास्पद देखिन्छ,’ प्रजिअ मिश्रले अनलाइनखबरसँग भने, ‘यसमा हामी निर्मम ढंगले लाग्छौं र बदमासी भएको देखिएमा विस्तृत अनुसन्धानका लागि अख्तियारमा सिफारिस गर्छौं ।’

उनले गौर भन्सारका कर्मचारी र लिलाम प्रक्रियामा संलग्न सप्लायर्सहरुसँग बयान लिने काम जारी रहेको जानकारी दिए । ‘अहिलेसम्म कर्मचारीहरुले पनि बदमासी नभएको भनेर विश्वस्त हुने गरी भन्न सक्नु भएको छैन,’ उनले भने ।

‘भन्सार ऐनमा सडीगली जाने, मूल्य घट्ने, स्थानको अभाव हुने अवस्था भएमा तत्काल लिलाम गर्न सकिने व्यवस्था छ, भन्सारका कर्मचारीहरुले त्यसकै लुप होल प्रयोग गरेको जस्तो देखिन्छ ।’

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री
Banner News

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

भदौ १२, २०८०, ११:२२ PM
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल
Banner News

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

भदौ १२, २०८०, ६:०५ PM
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ
Banner News

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

असार १, २०८०, ६:५१ AM
तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर
विविध

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

जेष्ठ ८, २०८०, १०:४० AM
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए
Banner News

१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

जेष्ठ ७, २०८०, ३:१४ PM

ताजा समाचार

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

4 weeks ago
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

4 weeks ago
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

3 months ago
तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

4 months ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

4 months ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

4 months ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर