जनकपुरधाम, असोज ५ गते । नागरिकता विधेयक प्रमाणीत नगरेको भन्दै तराई मधेश लोकतान्त्रिक पार्टी तमलोपाले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ ।
विधेयक प्रमाणीकरण नगरेर संविधान घोर उल्लंघन गरेको भन्दै तमलोपाले राष्ट्रपति भण्डारीको राजीनामा मागेको हो । तमलोपा अध्यक्ष वृषेशचन्द्र लालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, संविधानको घोर उल्लंघन र आफ्नै देशको जनताविरुद्ध षडयन्त्र गर्ने व्यक्ति कुनै पनि दृष्टिले राष्ट्रपति पदको निमित्त एक क्षणको लागि पनि योग्य हुन सक्दैन । हामी राष्ट्रपति विद्या भण्डारीको तत्काल राजीनामाको माग गर्दछौं ।
संवैधानिक राष्ट्रपतिले राजतन्त्रमा जसरी सबै शक्तिको स्रोत देखाउने कोसिस गरेको पनि तमलोपाले उल्लेख गरेको छ ।
तपाईको प्रतिक्रिया !!