रौतहट : उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल(भारत सीमा नाकामा सरकारले चाँडै सवारी साधनको समेत आउजाउको व्यवस्था मिलाउने बताएका छन् ।
पैदलयात्रीका लागि मात्रै केही सहज रहेको सीमा नाका अब पूर्ववत् रुपमा खुला हुने उनले बताए ।
कोरोना भाइरस कोभिड-१९ महामारीका कारण लामो समयदेखि सरकारले सीमा वारपारमा कडाइ गर्दै आइरहेको थियो ।
मौलापुर नगरपालिकाको पतौरामा बिहीबारबाट सुरु भएको दोस्रो मधानी महायज्ञको उदघाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले सीमा क्षेत्रका जनताले भोग्नु परेको कठिनाइलाई मध्यनजर गर्दै पहिलेकै अवस्थामा नाका सुचारु हुने बताए ।
उपप्रधानमन्त्री पोखरेलले पतौरा मन्दीरको संरक्षण र प्रबर्द्धनका लागि आवश्यक सबै किसिमको सहयोग गर्न सरकार तयार रहेको बताए ।
पतौरामा जग्गा उत्खनन गर्दा शिवको प्राचीन मूर्ति फेला परेपछि सो स्थानमा मधानी महायज्ञको सुरुवाता गरिएको हो ।सो कार्यक्रममा प्रदेश २ का प्रदेश प्रमुख डा राजेश झा “अहिराज ” र मंत्री प्रभु साहको समेत उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया !!