जनकपुरधाम : नेकपाको प्रचण्ड(नेपाल समूहले आह्वान गरेको आमहडतालका कारण प्रदेश २ का आठवटै जिल्ला प्रभावित भएका छन् ।
प्रदेश २ का पर्साको वीरगञ्ज, बाराको कलैया, रौतहटको गौर, सर्लाहीको मलंगवा, हरिवन, लालबन्दी, महोत्तरीको बर्दिबास, धनुषाको ढल्केवर, सिरहाको मिर्चैया, लहानलगायतका ठाउँमा आमहडतालका कारण प्रभावित भएका छन् ।
आन्दोलनकारी बिहीबार बिहानैदेखि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै बजार, शैक्षिक संस्था, कलकारखाना, सरकारी कार्यालय बन्द गराउँदै हिँडेका छन् ।
बजार बन्दै गराउँदै हिँडेका वीरगञ्जको घण्टाघर र माइस्थान चोकबाट प्रहरीले नेकपाका वीरगन्ज महानगर कमिटी अध्यक्ष रहबर अन्सारी, युवा नेताहरु मनोज चौधरी, अरविन्द सिंह, अरुण यादव, प्रभाकर गुप्ता, शिवम साहलगायत १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।
तपाईको प्रतिक्रिया !!