
टुडे एक्सप्रेस । जनकपुरधाम । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरुद्धमा शनिबार देशैभरि प्रदर्शन ग¥यो। पूर्व निर्धारित कार्यतालिका अनुसार देशभरका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसले प्रदर्शन र सभाहरू गरको हो। कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार बूढानीलकण्ठमा सम्बोधन गर्ने क्रममा कार्यकर्ताहरूलाई चुनावको तयारी गर्न निर्देशन दिए । ‘हामी त चुनावबाटै शासन हुनुपर्छ भन्ने विचार राख्छौं । त्यसैले सधैं चुनावकै तयारीमा छौं । अदालतले चुनावमै जाने भन्यो भने यही आन्दोलनले चुनावको तयारी हुन्छ’, देउवाले भने।
उनले संसद विघटनबार उल्ले ख्य विरोध जनाएनन्। पार्टीबाट आन्दोलनको निर्णय गराए पनि देउवा चुनावकै मूडमा रहेको तथ्य उनकै अभिव्यक्तिबाट पुष्टि हुन्छ । ‘जुलुस गरेर अदालतलाई प्रभावित नगरौं । आन्दोलनबाट यसो गर उसो गर भन्न मिल्दैन । अदालतले जे भन्छ त्यो मान्नुपर्छ’, देउवाको भनाइ थियो। यस्तै धनुषाका आठै प्रदेशसभा निर्वाचन क्षेत्रमा समेत काँग्रेसले शनिवार प्रदर्शन गरको छ । धनुषाको देउरी प्रवाहामा प्रदर्शन पश्चात सभालाई सम्बोधन मगर्दै काँग्रेसका नेता रामकृष्ण यादवले संविधान विपरित प्रधानमन्त्री ओलीले संसद विघटन गरकाले आन्दोलन गर्न बाध्य भएको बताए । उनले भने, ‘बहुमतको सरकार संविधान विघटन गर्न नपाउने संविधानमा प्रावधान छ । तर ओलीले संविधान विपरित संसद विघटन गरकाले आन्दोलन गर्नुको विकल्प छैन ।’ संविधान रक्षा गर्न बलिदान समेत दिन तयार रहेको उनले बताए । उनले काँग्रेसले संविधान जारी गरकाले काँग्रेसले मात्र संविधानको रक्षा गर्न सक्ने दावी गरे। उनले संविधान रक्षा गर्न जस्तो सुकै आन्दोलन गर्न काँग्रेस तयार रहेको उनको भनाई थियो।
तपाईको प्रतिक्रिया !!