Today Express
No Result
View All Result
Today Express
No Result
View All Result
No Result
View All Result

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै


नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

८ जेठ, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ ।

कानुनले आकर्षित गर्ने सबै दफाको माग दाबीसहित अभियोजन गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको प्रहरीको निष्कर्ष छ । झण्डै दुई महिना लामो अनुसन्धानपछि प्रहरीले यो संगठित अपराधमा हालसम्म ३२ जना संलग्न रहेको निष्कर्ष निकालेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले अनलाइनखबरलाई बताए ।

उनीहरुमध्ये १६ जना जिल्ला प्रहरी परिसर, काठमाडौं र मातहतका इकाइको हिरासतमा छन् । थप १६ जनालाई फरार प्रतिवादीका रुपमा प्रतिवेदनमा समावेश गरिनेछ ।

एसएसपी कार्कीका अनुसार प्रहरीले स्पष्ट संलग्नता देखिएका ३२ जनालाई प्रतिवादी बनाएर सोमबार रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई बुझाउँदैछ ।

यस घटनामा १०६ जना पीडितबाट कम्तिमा २४ करोड रुपैयाँ ठगी भएको उजुरी परेको छ । केहीलाई ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर ९कीर्ते०मा मुद्दा चलाउन प्रहरीले सिफारिस गर्नेछ ।

‘आरोपीहरुविरुद्ध ठगी, कीर्ते र संगठित अपराधको कसूरमा मुद्दा चलाउन सिफारिस गरिनेछ’, एसएसपी कार्कीले अनलाइनखबरसँग भने, ‘केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि मुद्दा चलाउन सिफारिस गरिनेछ ।’

यो पनि पढ्नुहोस
‘नक्कली शरणार्थी प्रकरण राज्य संरक्षित अपराध हो’
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित गिरोहका सदस्यहरु केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् ।

पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरज लगायत फरार छन् ।

यो प्रकरणमा तत्कालीन उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री रामबहादुर थापा ९बादल०का सुरक्षा सल्लाहकार इन्द्रजित राई मुख्य योजनाकार भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए
Banner News

१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

जेष्ठ ७, २०८०, ३:१४ PM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त
Banner News

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

जेष्ठ ७, २०८०, २:३५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM
नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.