जनकपुरधाम । मंसिर १४ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीका बिबादित सदस्य तथा संघीय साँसद रघुवीर महासेठ गुट परिवर्तन गरी नयाँ अवसरको खोजीमा लागेका छन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको विश्वास पात्र थिए महासेठ । त्यसैले उनी ओली सरकारका भौतिक पूर्वाधार मन्त्री समेत भए । तर मन्त्री पदमा रहँदा व्यापक भ्रष्टाचार गरेको आरोप लाग्यो। सोही कारण ओलीले उनलाई मन्त्री पदबाट हटाए ।ओलीले उनलाई पदबाट मात्र हटाएनन्, ओलीको विश्वास पात्रको सुचीमा पनि रहेनन्। पछि ओलीसँग उनी हारगुहार गर, तर पनि नपत्याएपछि अब प्रचण्डको गुटमा बस्ने प्रयासमा छन्। अहिले नेकपा आन्तरिक विवादमा फसेको छ । त्यसैले प्रचण्ड गुटमा बसेर नयाँ अवसर पाउने महासेठको चाहना रहेको स्रोतले जनाएको छ ।महासेठ यही मंसिर ११ गते साझ मातृका यादब र सत्रुधन महतोसँग प्रचण्ड निवासमा पुगेर आन्तरिक सम्झौता गरेको बुझिएको छ । २०५६ मा माले÷एमाले बिभाजन हुँदा धनुषा जिल्लाको राजनीति जीवन शुरुआत गरेका थिए महासेठ । विभिन्न काल खण्डमा अवसरको खोजी गर्दै आएका उनले गत निर्वाचनमा ओलीको विश्वास पात्र बनेर स्थानीय तहको टिकटमा वडादेखि मेयरसम्मको टिकट बाँडे। उनले १ लाखदेखि ४० लाखसम्ममा टिकट विक्री गरको े अहिले पनि चर्चा चल्ने गर्छ ।
तपाईको प्रतिक्रिया !!