आषाद २९ जनकपुरधाम
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा युवकमाथि छुरा प्रहार भएको छ । असार २५ मा राति थली स्थित पिपलबोटमा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका घर भएका राजन श्रेष्ठलाई छुरा प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर–८ घर भई थली बस्ने २७ वर्षीय दीपेश शाक्य छन् । आफ्नो केटी साथीलाई राजनले आँखा लगाएको विषयमा विवाद हुँदा दीपेशले छुरा प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । छुरा प्रहार गरेको १८ घण्टाभित्र आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए । छुरा प्रहारबाट राजनको पेटमा चोट लागेको छ । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुई जनाले सँगै मदिरा सेवन गरेको र विवादपछि दीपेशले डेराबाट छुरा ल्याएर हानेको अनुसन्धानबाट थाहा भएको छ । प्रहरी वृत्त बौद्धले आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !!