२६ असार, काठमाडौं ।
भारतीय पूर्व कप्तान तथा लेजेन्ड अलराउन्डर कपिल देवले भारतीय टिममा पर्न नाम भन्दा पनि प्रदर्शन महत्वपूर्ण रहेको बताएका छन् ।
विराट कोहलीको पछिल्ला केही वर्षमा तीन वटै फम्र्याटमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । कपिल देवले पूर्व कप्तान कोहलीलाई संकेत गर्दै नामको आधारमा भन्दा पनि खेलको आधारमा खेलाडी छनोट गर्दा टिम राम्रो हुने बताएका छन् । ‘प्रदर्शन राम्रो भएका खेलाडी छान्नु पर्छ, हामीसँग जति पनि विकल्प छन्, नामको आधारमा मात्रै टिममा परिँदैन । त्यसका लागि खेलको पछिल्लो प्रदर्शन जरुरी छ’, उनले भने । कोहलीको स्थानमा दिपक हुड्डाले टि–२० जस्ता छोटो फम्र्याटको क्रिकेटमा राम्रो प्रदर्शनका साथ आशा देखाएका छन् । हुड्डाले आयरल्यान्ड भ्रमणमा शतकका साथसाथै सर्वाधिक छिटो ३३ रन बनाउँदै भारतीय क्रिकेट टिमको टि–२० अन्तर्राष्ट्रिय फम्र्याटमा वान डाउन ब्याटरका रुपमा स्थान बनाइ रहेका छन् । तर भारत र इङ्ल्यान्डबीचको ३ खेलको टी–२० शृंखलामा हुड्डाको स्थानमा वान डाउनमा विराट कोहलीलाई स्थान दिइएको थियो । जुन खेलमा उनी १ रनमा क्याच आउट भएका थिए । यसलाई हेरेर पूर्वकप्तान कपिल देवले खेलाडी छनोट र टिमको बारेमा टिप्पणी गरेका हुन् । मध्यक्रमका खेलाडी श्रेयस अयरले पनि आफूहरु टिममा पर्नु पर्ने धारणा राख्दै आएका छन् । यस विषयमा पूर्वकप्तान कपिल देवले भने, ‘हुन सक्छ, तपाईं एउटा राम्रो स्थापित खेलाडी हो, तर पाँच खेलमा लगातार नराम्रो प्रदर्शन गर्नुभयो भने तपाईं टिममा नपर्न सक्नुहुन्छ । कपिल देवले रविचन्द्र अश्विनको उदाहरण सहित अहिले कोहली भारतीय टिमको आवश्यकता नरहेको औंल्याएका थिए । उनले भने, ‘यदि टेष्टमा राम्रो खेलिरहेका रविचन्द्र पछिल्लो प्रदर्शन राम्रो नभएका कारण टिममा पर्दैनन् भने कोहली पनि पर्नु हुँदैन । रविचन्द्रले पछिल्लो समय इङ्ल्यान्डसँग भएको पाँच खेल सम्मिलित टेष्ट सिरिजमा एउटा खेल पनि खेल्ने अवसर पाएका थिएनन् । ‘विश्वको दोस्रो उत्कृष्ट बलर टिमबाट बाहिर हुन सक्छ भने नम्बर एक ब्याटर पनि टिम बाहिर पर्न सक्छ’, कपिलले भने, ‘प्रदर्शन नराम्रो भएको खेलाडीलाई टिम बाहिर राख्नुपर्छ । म आशा गर्छु टिममा स्थान बनाउन स्वस्थ प्रतिस्पर्धा र छनोट हुनेछ । युवापुस्ताले कोहली भन्दा राम्रो प्रदर्शन गर्नुप¥यो । तर कोहलीले पनि आफ्नो प्रदर्शनको बारेमा सोच्नुपर्छ । भारतलाई सन् १९८३ को विश्वकप जिताएका कप्तान कपिल देवले भने, ‘म पनि एक समयमा उत्कृष्ट खेलाडी थिएँ । टिममा रहन मैले पहिलो नम्बरको अथवा उत्कृष्ट खेलाडी जसरी खेल्नु जरुरी थियो ।
तपाईको प्रतिक्रिया !!