महेशकुमार दास, महोत्तरी : जता हे¥यौं उत्तै खाल्डै खाल्डो, ढलबाट निस्केको फोहर पानीले सडक जलमग्न छ, सोहि सडक भएर आउ जाउ गर्नेहरु खाल्डाखुल्डीमा जमेको ढलको फोहर पानीबाट निस्कने सहनै नसक्ने दुर्गन्धका कारण नाम मुख छोपेर हिडनु पर्ने अवस्था छ ।
यस्तै केहि दिन अरु सडकमा पानि जमि रहयो भने सडक बाट निस्कने दुर्गन्धको कारण घर भित्र वसि सक्न मुस्लिक पर्ने अवस्था छ । यस्तै अवस्था भएको छ जलेश्वर नगरपालिको मुल सडकको ।
एडिवी परियोजना अन्तर्गत जलेश्वर नगर भित्र सडक निर्माण गर्ने ठेक्का पाएका ठेकेदार कम्पनिले मनलागि काम गर्न थालेपछि जलेश्वर वस स्टैण्डबाट महेन्द्र चौक जाने सडकको हविगत बेहाल हुन पुगेको छ । मन लागे खाल्डो खन्ने मन नलागे काम रोकेर वस्ने, कहिले कुन अवधिमा काम गर्ने हो र कुन अवधिमा काम सक्ने हो कुनै अतोपत्तो नहुँदा स्थानीयले सास्ती खेप्न बाध्य छन् ।
जलेश्वरको मुल सडकवारे यहाँको जनप्रतिनिधि पनि चुई शब्द समेत वोल्दैनन , स्थानियले जलेश्वर नगरपालिकाको वडा नं. २ को वडा अध्यक्ष वरुण दाहाललाई पटक पटक यस वारे ध्यानाकर्षण गराए पनि काम हुन्छ कुरा गर्दै छु भन्नु वाहेक केहि गर्न सकेका छैनन् ।
‘म एक्लैले के गर्न सक्छु, मैले सक्ने जति त गरेकै छु ।’ वडा अध्यक्ष दमहालले भने ठेकेदारलाइ हामीले भन्या हो तर उनीहरुले गर्दिएनन् भने हामी के गर्न सक्छौं । वडा अध्यक्ष दाहालको यो भनाईले पनि काम गर्ने ठेक्का पाएका ठेकेदारले जनप्रतिनिधिलाई समेत टेरपुच्छर नलगाएको महसुस भएको स्थानियहरु वताउँछन् ।
जलेश्वर वर्तमान अवस्थामा अलपत्रमा रहेको स्थानिय समेत रहेका जलेश्वर उद्योग वाणिज्य संघका महासचिव शिवचन्द्र चौधरीले गुनासो गरेको छ । ‘यस नगरको कोही न वुवा छ न आमा छ ,न रखवाला नै छन, सवै लुटतन्त्रमा लागेका छन् ’ उवासंघ महासचिव चौधरीले भने । ‘स्थानिय प्रशासनदेखि जनप्रतिनिधि सवै आ—आफनै सेटिंगमा व्यस्त भएको र जनता प्रति उदारता देखाएको छैन । ’
एडिवि परियोजना अन्तर्गत सडकको काम गर्ने ठेक्का पाएका ठेकेदार हिरा भगत पनि आफुलाई प्रधानमन्त्री सरह नै ठान्न थालेको चौधरीले आक्रोश पोख्दै भने एडिवि जस्तो प्रख्यात प्रोजेक्ट शुरु गर्दा ठेकेदार भगतले हामी स्थानिय वासिन्दा सामु धेरै वाचा गरेका थिए तर ति वाचा मध्य एउटा पनि पुरा गरेनन् ।
ठेकेदारले समयमै सडक वनाउनुको साटो नगर भित्रको सडकबाट आफनो अन्य प्रोजेक्टलाई फाइदा पुग्ने मनसायले सडकको माटो कटान गरेर समेत लगेको उनको आरोप छ ।
तपाईको प्रतिक्रिया !!