
संजय मिश्रा । रौतहट : रौतहटको कटहरिया–कलैया सडकखण्ड अन्तर्गत लालबकैया नदीको नजिकै बाटो बिग्रिदा यात्रुहरूले सास्ती पाएका छन् । कटहरिया स्थित लालबकैया नदीको पुलभन्दा पश्चिम दुईस्थानमा बाटो बिग्रिएकोले सर्लाहीबाट गरुडा, कटहरिया हुँदै कलैया वीरगञ्ज आउनेजाने सयौं यात्रुले सास्ती खेप्दै आउनु परेको यात्रीहरूले बताएका छन् । पुलभन्दा करिब एक किलोमिटर पश्चिम दुई स्थानमा कच्ची बाटो फुटेर दुई फिटसम्मको खाडल बनेको छ ।
सो खाडलहरूमा धुलो जमेको कारण दैनिक दर्जनौ साईकल चालक र मोटरसाईकल दुर्घटनामा पर्नेगरेको कटहरिया ४ हर्षाहाका गणेश साह कलवारले बताए । कलैया–कटहरिया सडकखण्ड अन्तरगत लालबकैया नदीको दुबैबाँधको बिचमा मर्मत तथा ग्राभेल गर्न वर्षेनी सडक डिभिजन कार्यालय रौतहटले लाखौं रुपैयाँ खर्च गर्ने गरेको भए पनि सडकको अवस्था भने अस्तव्यस्त बनेको स्थानीयको भनाई छ । सडक निर्माणका लागि टेण्डर पाउने ठेकदारले ग्राभेल र मर्मतको नाउँमा झारो टाररे रकम पचाउने गरेको बाटो ज्युँका त्युँ रहेको छ ।
गरुडा कटहरिया कलैया सडकखण्डमा सहरी विकास मन्त्री प्रभु साहको पहलमा २० करोड रुपैयाको योजना स्विकृत भएको छ । योजना कार्वान्यन गर्न केहीसमय लाग्ने भएकाले हजारौं यात्रुको कठिनाईलाई दृष्टीगत गर्दै कटहरिया पुलछेउको बाटो तत्काल मर्मत गर्न जनप्रतिनिधि तथा सडक डिभिजनले पहल गर्नुपर्ने तडकारो आवश्यक्ता देखिन्छ ।
तपाईको प्रतिक्रिया !!