पोखरा : जनकपुर पोखरामा जारी अन्तर क्लब टी–२० क्रिकेट लिगको फार्यनलमा प्रवेश गरेको छ । अब जनकपुरले उपाधिका लागि चितवन क्रिकेट क्लब सँग भिड्ने छ ।
पोखरा रंगशालामा सोमबार भएको सेमिफाइनलमा जनकपुरले आयोजक सुपर जनरल पोखरालाई १० विकेटले हरायो। त्यस्तै चितवनले पेलिगेण्ट्स क्रिकेट क्लबलाई १३ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित बनायो। सेमिफाइनलमा पहिला ब्याटिङ गरेको पोखराले पुरा २० ओभरमा ७ विकेट गुमाएर ९४ रनको सामान्य स्कोर खडा गरको े थियो।
पोखराका प्रविण ढकालले ३३ तथा विधान श्रेष्ठले १४ रन जोडे। प्रत्युतरमा जनकपुरले कुनैपनि विकेट नगुमाई विजयी लक्ष्य पार गरका थियो े । जनकपुरका सुधीर चौधरीले ३ छक्का र ४ चौका प्रहार गर्दै अभिजित ४४ रन बनाए भने अक्बर अलिले अभिजित ३६ रन जोडेका थिए । बलिङतर्फ ४ विकेट लिएका जनकपुरका राहुल प्रताप सिंह म्यान अफ द म्याच भएका थिए । त्यस्तै पहिलो सेमिफाइनलमा चितवनले दिएको १ सय २० रनको लक्ष्य पछ्याएको पेलिगेण्ट्स १ सय ६ रनमै समेटिएको थियो।
चितवनको पारीमा साकार ढकालले ६ छक्का र ४ चौकाको मद्धतमा ४७ बलमा ५३ रनको महत्वपूर्ण योगफल तयार पारको थिए । त्यस्तै सपनिल अधिकारीले २७ रन जोडेका थिए । पेलिगेण्ट्सका बलरहरू चन्द्रकान्त पौडेलले ३ तथा विशाल पौडेलेले २ विकेट लिए । पेलिगेण्ट्सका समिर कँडेल र कमल थापाले समान १३ रन बनाए । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। पेलिगेण्ट्सका बलरहरू म्यान अफ द म्याच चन्द्र उमेश ठाकुरले ३ तथा संघर्ष पौडेलले पनि ३ विकेट लिए । अर्का बलर आशिष लम्सालले २ विकेट लिए ।
तपाईको प्रतिक्रिया !!