जनकपुरधाम: जिल्ला सहकारी संघ लिमिटेड धनुषाले सदस्यता आवद्धता खुल्ला गरेको छ । गत फागुन २३ गतेदेखी नै सदस्यता खुल्ला गरिएको संघले जनाएको छ ।
संस्थाहरुको प्रतिनिधिमुलक छाता संगठन यस संघमा आवद्ध भई वित्तिय स्थिरता, आफ्नो व्यवहारिक दक्षता एवं प्राविधिक क्षमता, उत्पादन वृद्धि र सहकारी संघ÷संस्थाहरुको बिकासको लागी पहलकदमी तथा वकालतलाई प्रभावकारी बनाउन संघले आग्रह गरेको छ ।
संघका अध्यक्ष हरिश्चन्द्र हरिऔध, उपाध्यक्ष विनोद प्रसाद रोहिता र व्यवस्थापक राम बिलास यादवले संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै संघ संस्थाले स्थायी लेखा नम्बर अतिरिक्त राजस्व कार्यालय जनकपुरधामबाट लिनको लागी अनुरोध पनि गरेका छन् ।
फागुन मसान्तसम्म स्थायी लेखा नम्बर लिइसकेकाले लेखा परीक्षण गरी समयमै बुझाउन बिज्ञप्तीमा अनुरोध गरिएको छ ।
राष्ट्रिय सहकारी बैंक लि।र नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ लि।को शाखा स्थापना भएकाले नियमित कारोबार गर्न समेत अनुरोध गरिएको छ ।
यसअघि संघको वार्षिक साधारण सभा गत फागुन २१ गते खुल्ला सत्र र बन्द सम्पन्न भएको बिज्ञप्ती मार्फत् जानकारी गराइएको छ ।
तपाईको प्रतिक्रिया !!