संजय मिश्रा । रौतहट । रौतहटको मौलापुर नगरपालिका स्थित पिकनिक पार्क युवाहरूको लागी आकर्षणको केन्द्र बन्दै गएको छ । स्वच्छ र शान्त वातावरण एवं खोला किनारमा रहेको मौलापुर नगरपालिका ५ मा रहेको पिकनिक पार्क पछिल्लो समय युवापिँढीको लागि आकर्षणको केन्द्र बनेको हो। पिकनिक पार्कमा दैनिकजसो दर्जनौं युवाहरूको भीड लाग्ने गरेको छ । मौलापुर नगरपालिका आसपास बौधीमाई, फतुवा बिजयपुर, देवाही गोनाहीका साथै छिमेकी जिल्ला बारा र सिमावर्ती भारतीय बजारहरूबाट समेत युवाहरूको टोली पिकनिक पार्कमा रमाईलो गर्न आउने गरेका छन ।
भकुवा नदीको किनारमा बनेको पिकनिक पार्कमा दर्जनौं युवाहरू फोटो खिचाउन, टिकटक बनाउन र साना बालबालिकाहरू पिङ्ग र चिप्लेटी खेलेर दिन बिताउन र छुट्टी मनाउन आउने गरेका छन् । पिकनिक पार्क भित्रै रहेको पिकनिक रष्टुर े ण्टमा युवाहरूको े चाहना अनुसारको सुलभ मुल्यमा परिकार पाउने भएकाले पनि टाढा–टाढा बाट दैनिक दर्जनांै युवाहरू पार्कमा रमाईलो गर्ने गरेका छन । पार्कभित्र मिटिङ्ग हल, सभाहल, लगायत स्वच्छ वाथरुमको समेत व्यवस्था भएकाले बिदाका दिन पारेर सदरमुकाम गौर, बारा सदरमुकाम कलैयाका सुरक्षा प्रमुखहरू, कार्यालय प्रमुखहरू स–परिवार घुम्न आउने गरेको स्थानीय समाजसेवी ठागा दासले बताए ।
सहरी विकास मन्त्री प्रभु साहको पहिलो कार्यकालमा उनकै पहलमा कुल २ करोड रुपैयाँको लागतमा निर्मित पिकनिक पार्कको पहिलो चरणको काम भएको सहरी विकास तथा भवन डिविजन कार्यालय बिरगंजका प्रमुख रञ्जन दासले बताएका छन । सहरी विकास मन्त्रालयकै कुल १ करोड २० लाखको लागतमा पिकनिक पार्क छेउमै भकुवा नदीको सौन्दर्यीकरणको काम जारी रहेको डिभिजन कार्यालय बिरगंजका ईन्जिनियर कमलमणी खतिवडाले जानकारी दिए । मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहका अनुसार नगरपालिकाको कुल ३० लाख रुपैयाँको लगानीमा पिकनिक पार्क भित्रको भवनको दोस्रोतल्ला निर्माण, रेष्टुरेण्ट पुर्वाधार, विद्युतीकरण तथा सौन्दयीकरण, बैठक हलमा फर्निचर, स्टेज निर्माण लगायत अन्य कामहरू गरेको छ ।
तपाईको प्रतिक्रिया !!