आशिष विश्वकर्मा । सिरहा । डिप ट्युववेल निर्माण गर्दा आइपर्ने समस्या समाधान गर्ने उद्देश्यले सिरहामा देशभरका विषय विशेषज्ञहरूबीच छलफल सुरु भएको छ । पूर्व झापादेखि सुदुरपश्चिम कंचनपुरसम्म करिव १६ जिल्लाका खानेपानी संस्थानका २४ वटै शाखा प्रमुखहरूको सहभागितामा सिरहाको लहानमा डिप ट्युवेललाई दिगो र व्यवस्थित बनाउने विषयमा अनुभव आदान प्रदान सुरु भएको हो। कार्यक्रममा डिप ट्यूववेल निर्माण गर्ने उत्तम अभ्यासको विषयमा छलफल गरी दीगोपनाका बारेमा कार्ययोजना समेत बनाईने आयोजकले जनाएको छ ।
वाटर एड नेपालको विकन परियोजनाको प्राविधिक सहयोग एवम् नेपाल खानेपानी संस्थान र लहान नगरपालिकाको सहयोगमा संचालित कार्यक्रममा विभिन्न विधाका विषय विशेषज्ञहरूले सहजीकरण गरिरहेका छन्। छलफल तीन दिन चल्ने छ ।
तपाईको प्रतिक्रिया !!