
रौतहट ; रौतहटको गुजरा नगरपालिकाका सबै वडाध्यक्षले मोटरसाइकल फिर्ता गरेका छन् । नगरपालिकाले सेवा सुबिधामा कटौती गरेको भन्दै वडा १ देखि ९ वडाका अध्यक्षहरूले सामुहिकरुपमै सरकारी नम्बरको मोटरसाइकल फिर्ता गरका हुन । नगरपालिकाले वडा अध्यक्षहरूलाई सेवा सुबिधा बापत मासिक झन्डै २४ हजार दिनुपर्ने हुन्छ ।
तर गुजरा नगरपालिकाले स्थानीय सरकार संचालनको एकमहिना पछि सबै वडा अध्यक्षलाई मोटर साईकल दिएको थियो ।
नगरपालिकाले मोटरसाइकल दिएपछि सेवा सुबिधा बापत २४ हजारको सट्टामा मात्र १३ हजार ८०० दिदै आएको गुजरा ३ का वडा अध्यक्ष गजेन्द्र चौधरीले बताएका छन ।
वडा अध्यक्ष जितेपछि दिनको कोहि न कोहि सहयोगको लागि आउंछन सहयोग दिंदैमा हाम्रो भता सकिने गरेको वडा ९ का अध्यक्ष दिपेन्द्र पनुहरले बताएका छन् । नगरपालिका लाई पटक पटक भन्दा पनि वास्ता नगरेकै कारण बाध्य भएर मोटरसाइकल फिर्ता गरेको गुजरा नगरपालिकाका वडा ५ का अध्यक्ष आरिफ मियां दर्जिले बताएका छन् ।
तपाईको प्रतिक्रिया !!