
संजय मिश्रा । रौतहट । सशस्त्र प्रहरीको गस्ती टोलीले झण्डै २५ लाख मुल्य बराबरको बिदेशी घडीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालिका ५ पोखरियाका १९ बर्षिय निजामुदिन खान रहेका छन्। मंगलबार सांझ ना ३९ प ६७८३ नम्बरको मोटरसाइकलमा खान भारतबाट नेपालतर्फ आउँदै थिए ।
सोहीक्रममा प्रहरीले चेकजाँच गर्दा ठूलो संख्यामा घडी बरामद भएपछि खानलाई पक्राउ गरेको बताइएको छ । बोर्डर आउटपोष्ट रामपुर खापका सशस्त्र प्रहरी हवल्दार बिनोद बुढाथोकीको कमान्डको टोलीले खानलाई ईशनाथ नगरपालिका ४ बाट पक्राउ गरेकोे छ । उनको साथबाट बरामद भएको १४ थान बिदेशी राडोघडी करिब २४ लाख ६३ हजार ३ सय बराबरको रहेको प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको छ ।
तपाईको प्रतिक्रिया !!