जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा गरेको संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले जनकपुरमा मशाल जुलुस पर्दशन गरेको छ ।
बुधबार जनकपुरधामको रेलवे स्टेशनबाट जसपाका नेता एवं कार्यकर्ताले मशाल जुलुस निकालेका थिए । प्रधानमन्त्री ओलीविरुद्ध चर्का नाराबाजी गर्दै जसपाका नेता कार्यकर्ताहरू रेल्वे स्टेशनबाट सुरु गरी भानु चोक, शिव चोक हुँदै जनक चोक पुगेका थिए ।
यस्तै, धनुषाको सबैला नगरपालिकामा पनि नेताहरूले मशाल जुलुस प्रर्दशन गरेका छन् । पार्टीका न्ग्र अध्यक्ष वैद्यनाथ रायको नेतृत्वमा निस्केको जुलुस भठिहन चोकमा कोणसभामा परिनत भएको थियो ।
पार्टीका स्थानीय नेता उपेन्द्र राय,ग्ँरी कापर, नगर सचिव सिकेन्द्रसिंह यादव, नेताहरू रामनाथ यादव, अवधकिशोर महरा, प्रकाश यादव लगईतका नेताहरूले सभाको सम्बोधन ग्रे ।
प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध पार्टीको केन्द्रिय नेतृत्वले तय ग्रेको विरोधका कार्यक्रमअनुसार बुधबार सबैलामा पालिका स्तरीय सांकेतिक विरोध स्वरुप मशाल जुलुस प्रदर्शन गरेका नेताहरूले बताएका छन् ।
तपाईको प्रतिक्रिया !!