राजविराज :सप्तरी प्रहरीले भरुवा बन्दुकसहित आइतबार दुई जनालाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा रहेका शम्भुनाथ नगरपालिका वडा नम्बर २ भलुवाही बस्ने २५ वर्षीय रामपुकार माझी र सोही ठाउँका २२ वर्षीय रामस्वरुप मण्डल छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रुपनीबाट खटिएको टोलीले आइतबार बिहान ४ बजेतिर उनीहरुको साथबाट एक थान भरुवा बन्दुक बरामद गरिएको सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए ।
दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए ।
तपाईको प्रतिक्रिया !!