संजय मिश्रा रौतहट : रौतहटमा फेरि एकजना दलित युवकको शव फेला परेको छ ।
जिल्लाको बृन्दावन नगरपालिका वडा नम्बर ९ भुषहास्थित गहुँबारीमा दलित युवकको शव भेटिएको प्रहरीले जनाएको हो ।
बिहीबार साँझ करिब ६ः५० बजेको समयमा अन्दाजी ३०—३५ वर्षीय पुरुषको शव गेहुँबारीमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ । यसबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
यसैबीच रौतहट प्रहरी प्रमुख एसपी सिद्वी बिक्रम शाहले मृतक गुजरा नपा ७ का लछुमण राम चमारको को छोरा रितु राम चमारको रुपमा पहिचान खुलेको बताएका छन । मृतक चमारको सरिरमा कुनै दाग न देखिएपनी कसैले हत्या गरेको हुनसक्ने आशंका रहेको एसपी शाहले बताएका छन ।
मृतकको शब पोष्टमार्टमको लागि नारायणी अस्पताल बिरगंज पठाएको र रिपोर्ट आएपछि मात्र यकिन साथ केही भन्नसकिने एसपी सिद्वी बिक्रम शाहले जानकारी दिएका छन ।
तपाईको प्रतिक्रिया !!