Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

माघ २३ मा नेकपाको जनसभा ः तयारीमा जुटे जनसङ्गठन


खेललाई सबै नेपालीले आफ्नो जीवनको अभिन्न अङ्ग बनाउनुपर्छः प्रम ओली

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को वाग्मती प्रदेश कमिटीले यही माघ २३ गते काठमाडौँमा आयोजना गर्ने जनसभाको तयारीका लागि पार्टीका सबै जनसङ्गठन परिचालित भएका छन् । प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा राजनीतिक घटनाक्रमबारे सन्देश दिन काठमाडौँमा पहिलोपटक हुन लागेको सभा सफल बनाउन युवा, विद्यार्थी, किसान, महिला, बुद्धिजीवी, प्रेस, शिक्षक, अपाङ्गतालगायत पेशा र क्षेत्रका जनसङ्गठनलाई परिचालन गरेको हो । ती सङ्गठनको केन्द्रीय नेतृत्वले सभामा उपस्थिति बढाउन र प्रचारप्रसार गर्न आफ्नातर्फबाट कार्ययोजना बनाई व्यवस्थितरुपमा काम शुरु गरेका छन् ।

ती सङ्गठनले सो दिन काठमाडौँका माइतीघर मण्डला, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत विभिन्न तोकिएका स्थानमा भेला भई आफ्नो ब्यानर र झाँकीसहित उपस्थिति जनाउने प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले जानकारी दिनुभयो । उहाँले काठमाडौँ उपत्यका र प्रदेशका जिल्लाबाट उत्साहजनक तयारी देखिएकाले जनसभा विशेष हुने अपेक्षा आफूहरुले गरेको बताउनुभयो ।

नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले प्रतिनिधिसभाको विरोधमा कार्यक्रम गरिरहेकाले यसबारे वाग्मती प्रदेश र काठमाडौँ उपत्यकाका कार्यकर्ता, समर्थक र जनस्तरमा धारणा स्पष्ट गर्न नेकपाले सभाको आयोजना गरेको हो ।

हाल नेकपाका २१ जनसङ्गठन छन् । ती सङ्गठनमा अखिल नेपाल राष्ट्रिय विद्यार्थी सङ्गठन, युवा सङ्घ नेपाल, अखिल नेपाल महिला सङ्घ, ट्रेड युनियन महासङ्घ नेपाल, नेपाल बुद्धिजीवी सङ्गठन, प्रेस सङ्गठन नेपाल, पेशागत महासङ्घ नेपाल, जनसांस्कृतिक महासङ्घ नेपाल, नेपाल मुस्लिम सङ्गठन, नेपाल दलित मुक्ति सङ्गठन, आदिवासी जनजाति महासङ्घ, खेलकूद महासङ्घ नेपाल, उद्योग व्यवसायी महासङ्घ, प्रवासी नेपाली मञ्च ९भारत०, नेपाल भूमिहीन सुकुम्बासी सङ्गठन, भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन, मानवअधिकार तथा सामाजिक अभियान नेपाल, नेपाल कानून व्यवसायी सङ्गठन, नेपाल निर्माण व्यवसायी सङ्गठन र नेपाल इञ्जिनीयर सङ्गठन छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालले आज काठमाडौँका विभिन्न स्थानबाट करीब १० हजारको सङ्ख्यामा मोटरसाइकल ¥यालीको आयोजना गर्ने तयारी गरेको छ । मध्यान्ह १२ बजे ललितपुरको बालकुमारीबाट शुरु हुने ¥याली सातदोबाटो, लगनखेल, जावलाखेल, पुल्चोक, थापाथली, त्रिपुरेश्वर, एनएसी, जमलचोक, दरबारमार्ग, नारायणहिटी, जयनेपाल हल, कमलपोखरी, रातो पुल, गौशाला, अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तीन कुने पुगेर सभामा परिणत हुने जनाइएको छ ।

अखिल नेपाल किसान महासङ्घले यही माघ २२ गते राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ । नेपाल इञ्जिनीयर सङ्गठनले पनि राष्ट्रिय भेला सम्पन्न गरिसकेको छ । सभामा काठमाडौँका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने तयारी भएको छ । ती जिल्लाका सम्पर्क मञ्च पनि तयारीमा जुटेका छन् । प्रदेश कमिटीले आजै प्रदेशबाट केन्द्रीय सदस्य रहेका र अगुवा कार्यकर्ताको बैठक आयोजना गरिएको र प्रचारप्रसारका कार्य व्यवस्थितरुपमा अघि बढेको वाग्मती प्रदेश कमिटीका प्रचार विभाग सचिव धु्रव घिमिरेले जानकारी दिनुभयो । सो कमिटीले लतिलपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सचिवालय स्थापना गरी सभाको तयारी गरिरहेको छ ।

काठमाडौँको ट्राफिक आवागमनलाई सहजतासमेत तुल्याउन आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरिएको छ । सभामा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ हुने सभाका सांस्कृतिक झाँकी, वेशभूषासहित राष्ट्रिय एकता प्रदर्शन तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घबाट साङ्गीतिक प्रस्तुति गराइनेछ ।

विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता आरसी लामिछानेले प्रदर्शनीमार्गका क्याम्पसमा सञ्चालित परीक्षामा सहभागी हुने परीक्षार्थीलाई कुनै बाधा नहोस् भन्ने पक्षलाई ध्यान दिएर नयाँ स्थानमा जनसभा तय गरिनु सकारात्मक भएको बताउनुभयो । उहाँले काठमाडौँको ट्राफिक व्यवस्थापनका लागि नयाँ स्थान चयनले सहयोग गर्ने जनाउँदै आफूहरुले प्रदर्शनीमार्गमा हुने प्रदर्शनबाट परीक्षा र पठनपाठनमा अवरोध गर्ने भएकाले खुल्लामञ्च र आसपासका क्षेत्रमाम सभासम्मेलन नगर्न आफूहरुले पार्टीको नेतृत्वलाई ध्यानाकर्षण गराउँदै आएको पनि बताउनुभयो ।

सभा सफलतापूर्वक सम्पन्न गर्न नेकपा काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ । गत पुस ५ गते प्रतिनिधिसभा विघटन भई आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन तोकिएपछि नेकपाले चुनाव केन्द्रित गतिविधि अघि बढाएको हो । सो विषय हाल सर्वोच्च अदालतको संवैधानिक इजलाशमा विचाराधीन छ भने निर्वाचन आयोगले निर्वाचनको तयारी शुरु गरिसकेको छ ।

नेकपाले देशभर सबै तहका कमिटी र सङ्गठनको पुनःगठनलाई पनि तीव्रता दिएको छ । वाग्मती प्रदेशका अधिकांश जिल्ला पुनःगठन भइसकेका छन् । जनसभाकै पूर्वसन्ध्यामा प्रदेशको चितवन र नुवाकोटमा जिल्लास्तरका सभा भइसकेका छन् । सो प्रदेश कमिटीको यही माघ ६ गतेको बैठकले कमिटी पुनःगठन गरी सचिव आनन्दप्रसाद पोखरेललाई अध्यक्ष र निवर्तमान सांसद खेमप्रसाद लोहनीलाई सचिवमा चयन गरेको थियो ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM
नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM
विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन
Banner News

विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन

जेष्ठ ७, २०८०, ११:५६ AM
ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार
Banner News

ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार

जेष्ठ ७, २०८०, ११:४८ AM
निजी कार्यको लागि सार्वजनिक बाटो बन्द
Banner News

निजी कार्यको लागि सार्वजनिक बाटो बन्द

फाल्गुन २९, २०७९, ७:०९ AM
मेयर र इन्जिनियर दुवै निलम्बनमा
आर्थिक

मेयर र इन्जिनियर दुवै निलम्बनमा

फाल्गुन १८, २०७९, १०:५२ AM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर