
संजय मिश्रा । रौतहट । जनता आबास कार्यक्रमअन्तर्गत रौतहट जिल्लाको मौलापुर नगरपालिकाको दलित तथा बिपन्नका लागि दुई सय ५० वटा घर निर्माण हुने भएको छ । शहरी विकास मन्त्री प्रभु साहको पहलमा मौलापुरको बिभिन्न पाँचवटा वडामा दलित तथा विपन्नका लागि दुई सय ५० वटा घर बन्न लागेको हो। मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले मंगलवार एक समारोहकाबीच जनता आबास भवनको औपचारिक रुपमा शिलान्यास गरेकी छन्।
शहरी बिकास तथा भवन डिभिजन कार्यालय प्रदेश न २ को जनता आवास कार्यक्रम अन्तर्गत दलित असहायहरूको लागि दुई सय ५० घर बनाउने उद्देस्यले मेयर रिना साहले शिलान्यास गरेकी हुन । जनता आबास कार्यक्रम अन्र्तगत निर्माण हुनलागेको प्रति घरको कुल लगानी तीन लाख ५० हजार रुपैयाँ पर्ने भवन डिभिजन कार्यालय वीरगंजले जनाएको छ । २५० घरको कुल लागत ८ करोड ७५ लाख रुपैयाँ लगानी हुने शहरी डिभिजन कार्यालय वीरगन्जका प्रमुख राजेन्द्र साहले जानकारी दिए ।
शिलान्यास भएको जनता आवास कार्यक्रम अन्तर्गत दुई सय ५० वटा घरको निर्माण कार्य दुई दिन भित्र सुरु हुने र दुई महिना भित्र पूरा गर्ने लक्ष्य रहेको भवन डिभिजन प्रमुख राजेन्द्र साहले प्रतिवद्धता जनाएका छन्। शिलान्यास कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य, चन्देश्वर बैठा, मौलापुर उपप्रमुख गौरीसंकर जयसवाल, मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, नेकपा जिल्ला सदस्य ठागा दासलगायतको उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया !!