
टुडे एक्सप्रेस । जनकपुरधाम । दुई थान कटुवा पेस्तोलसहित एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेकोे छ । मंगलबार जनकपुरधाम उपमहानगरपालिका १९ स्थित ५२ विघाबाट प्रहरीले कटुवा पेस्तोलसहित लक्ष्मीनियाँ गाउपालिका १ सोहनीका १८ वर्षीय बिबेक यादव पक्राउ परेका हुन् ।
प्रहरीले उनलाई विशेष सुचनाको अधारमा पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । उनका अनुसार यादवको साथबाट दुई थान पेस्ताल र गोली बरामद भएको छ । उनीमाथि आवश्यक अनुसन्धान तथा कारबाही अगाडी बढाएको उनले बताए ।
तपाईको प्रतिक्रिया !!