विनय कर्ण । राजविराज । प्रदेश सभा सदस्य विन्देश्वर यादवले खेलकूदमा अवसर पाए युवाहरू दुब्र्यसनमा नलाग्ने बताएका छन्। बलिदानी दिवसको अवसरमा सोमवार डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ स्थित खेलकूद मैदानमा नव निर्मित मञ्चको उद्घाट्न गर्दे उनले राज्यले खेलकूदको महत्व बुझेर युवाहरूलाई अवसर दिए उनीहरू दुब्र्यसन तर्फ नलाग्ने बताए । ‘अहिले खेल मैदानको अभाव छ, भएको खेल मैदान पनि व्यवस्थित छैन् त्यसैले समय विताउन नपाएर युवाहरू दुब्र्यसनमा लागेका छन्’ यादवले भने।
खेलको महत्व लाई हेर्दै खेल बिकासका लागि मञ्च निर्माणमा संसदीय कोषबाट रु १० लाख लगानी गरको े भन्दै ‘मुलुकलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने खेलकूदको विकास र विस्तारमा विशेष जोड दिनुपर्छ’ उनले भने ‘राम्रा खेलाडी उत्पादन गर्नका लागि सरकारले खेलमा लगानी वृद्धि गर्नुपर्ने आवश्यकता छ ।’ स्वस्थ्य रहनका लागि पनि खेल आवश्यक भएको बताउँदै उनले खेलमैदानको उचित व्यवस्था र व्यवसायिक रुपमा खेलाडी उत्पादन गर्नका लागि सरकारले विशेष कार्ययोजना ल्याउनु पर्नेमा जोड दिए ।
अहिले तराई मधेशको गाउँ ठाउँमा खेल मैदानको अभावका कारण प्रतिभावान खेलाडीहरू पछि परेको तर्क गर्दे यादवले स्तरीय खेलमैदानको निर्माण भएमा गाउँका प्रतिभावान खेलाडीहरू पनि अन्तराष्ट्रिय स्तर सम्म पहुँच बनाउन सकिने विश्वास व्यक्त गरे। यसैबीच प्रदेशसभा सदस्य यादवले युवाहरूलाई खेल प्रति आकर्षण बढाउनको लागि र खेलमैदान ब्यबस्थापनमा रु २० लाख विनियोजन गरेको बताएका छन्। उनले मञ्च उद्घाटन पछि सोही खेल मैदानको बाउण्ड्री वाल निर्माणको काम यसै वर्ष सक्ने गरी बजेट विनियोजना गरेको यादवले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !!