
टुडे एक्सप्रेस । सिरहा । गोलबजार नगरपालिका र राष्ट्रिय व्याडमिन्टन संघको आयोजनामा गोलबजार कवर्डहलमा सञ्चालित १० औं पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिता आइतबार सम्पन्न भएको छ । नौं इभेन्टस्मा भएको खेलमा आर्मीको बर्चस्व रह्यो। पुरुष डवलमा त्रिभुवन आर्मी क्लवका नवीन श्रेष्ठ र रत्नजित तामाङ प्रथम भएका छन्। उनीहरू आर्मीकै पविन र लिन्थेप र सरोज महर्जनलाई पराजित गर्दै प्रथम भएका हुन्। महिलातर्फको डवलमा पनि आर्मीकै अनिता गिरी र रसिला महर्जन विजयी भएका छन्।
उनीहरूले एपिएफका जेसिका गुरुङ्ग र सुनयना मुखियालाई हराउँदै प्रथम पुरुस्कार थाप्न सफल भएका हुन्। एकल ब्वाइज अण्डर १७ तर्फ पनि आर्मीले नै सफलता हात पारको े छ । आर्मीका भोज बहादुर गुरुङले आर्मीकै आयुस्मान नगरीलाई पराजित गरका थिए े । त्यसैगरी, गल्र्स अण्डर १७ अन्तर्गत अर्मीकै रशिला महर्जन प्रथम भएका छन्। उनले विराटनगर व्याडमिन्टन क्लवका रोज पाण्डेलाई पराजित गरका थिए े । एकल पुरुषतर्फ कैलाली देवराज रानाले आर्मीका दिवस शंकरलाई पराजित गर्दै प्रथम भएका हुन्। ४५ वर्ष माथिका डवल पुरुषतर्फ अनिल कुमार लाखे बाँके र सुरश श्रे े ष्ठले पोखराका शोभाकर भण्डारी र नवीन पराजुलीलाई पछि पार्दै प्रथम पुरस्कार हात पारका छन् े । लेवल १२ का लागि एकल महिलातर्फ अर्मीका जेनिशा गुरुङ्गले एपिएफका रशिला महर्जनलाई पछि पार्दै पुरस्कार हात पारका छन् े । एकल महिलातर्फ फाइनलमा भिडेका कैलालीका प्राथना देउवाले झापाका अन्जना राईलाई हराएका थिए ।
त्यस्गरै ी, पुरुष सिङ्गल टप १६ का लागि फाइनलमा भिडेका सिल्क ग्रुपका प्रिन्स दहालले एपिएफका दिपेश धामीलाई सोझो सेटमा हराएका थिए । प्रतियोगितामा ९ वटा इभेन्टस्को लागि प्रति इभेन्ट्स प्रथम २० हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुने २ जनालाई १० हजारका दरले जम्मा ५ लाख ९३ हजार पुरस्कार रासी रहेको आयोजकले जनाएको छ । गोलबजार नगरपालिकाका मेयर देवनाथ साहको प्रमुख आतिथ्यमा खेल सम्पन्न भएको थियो। मेयर साहले खेलाडीहरूलाई शुभकामना दिंदै खेलले राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सक्ने बताए । त्यसका लागि अनुशासित र लगनशील भएर खेल्न खेलाडीहरूलाई हौसला प्रदान गरे। विशिष्ठ अतिथिहरू शुभाष श्रेष्ठ राखेपका केन्द्रीय सदस्य, नेपाल व्याडमिन्टन संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका सचिव सहितका पदाधिकारीहरूले सफल खेलाडीहरूलाई शुभकामना दिएका थिए । प्रतियोगितामा देशभरका तीन सय २५ जना प्रतियोगीहरू सहभागी थिए ।
तपाईको प्रतिक्रिया !!