
टुडे एक्सप्रेस । जनकपुरधाम। धनुषा प्रहरीले दुई वटा चोरीको मोटरसाइकल फेला पाररे सवारी धनीलाई जिम्मा लगाएको छ । विभिन्न समयमा चोरी भएको उजुरीको अधारमा पत्ता लगाएर प्रहरी निरीक्षक अशोक झाले शनिबार सवारी धनीलाई जिम्मा लगाएका हुन् ।
प्रहरीले मोटरसाइकल चोरी भएको एक साताभित्र पत्ता लगाई सवारी धनीलाई जिम्मा लगाएको धनषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । उनका अनुसार पुस २८ गते जनकपुरधाम उपमहानगरपालिका २ किशोरी टोल निवासी मोहमद आतिफ सवारी धनी रहेको ज ६ प ९३९२ नम्वरको अपाचे मोटरसाइकल चोरी भएको थियो।
उनले दिएको उजुरीको अधारमा प्रहरीले अनुसन्धान गरी माघ २ गते मोटरसाइकल फेला पारी बुझाएका हुन्। यस्तै, पुस २८ गते जनकपुरधाम उपमहानगरपालिका ९ रुकमणिसर पोखरी स्थितबाट विदेह नगरपालिका १ का विरन्द्र र े ाउतले ज ९ प ९२४७ नम्वरको हीरो स्पलेण्डर मोटरसाइकल हराएको थियो। उनले पनि प्रहरीलाई दिएको उजुरीको अधारमा मधेश भवनको अगाडिीबाट बरामद गरी बुझाएको हो। प्रहरीले मोटरसाइकल बरामद गरेपनि चोरी गर्ने चोर पत्ता लगाउन सकेन ।
तपाईको प्रतिक्रिया !!