
संजय मिश्रा । रौतहट । थारु कल्याणकारिणी सभाद्वारा गुजरा नगरपालिकाको सिम्रा भवानिपुरमा आयोजित थारु महोत्सव सम्पन्न भएको छ । समापन समारोहमा राष्ट्रिय स्तरकी गायिका तथा स्वर किन्नरी अन्जु चौधरीले हजारौं दर्शकलाई मुग्ध पारिन्। थारु कल्याणकारिणी सभा केन्द्रीय महामन्त्री प्रेमिलाल चौधरीले महोत्सवको उदघाटन गरका थिए । उक्त अवसरमा निबर्तमान संघीय सांसद, समिना हुसेन, पुर्व सांसद गोबिन्द चौधरी, समाजसेवी बासु चौधरीको सहभागिता रहेको थियो।
शुक्रबार दोस्रो दिनको कार्यक्रममा गायिका अन्जु चौधरीका साथै स्थानीय कलाकारहरूले पनि आफ्नो प्रस्तुति प्रदर्शन गरेको आयोजक थारु कल्याणकारिणी सभाका सहसचिव रामबाबु चौधरीले बताए । थारु जातिको पहिचान संस्कृति कायम राख्न कार्यक्रमको आयोजना गरिएको सचिव प्रमोद चौधरीले बताएका छन्। महोत्सवमा थारु जातिको खाना परिकार घोङ्ही, हांस परेवा, मसुलार, पहिरन, कला संस्कृति प्रदर्शन गरिएको साथै थारुको पहिचान झल्किने परम्परागत भेषभुषा पनि प्रदर्शन गरिएको थियो।
तपाईको प्रतिक्रिया !!