टुडे एक्सप्रेस । जनकपुरधाम । चुरे तथा वन जङ्गल संरक्षण अभियानले चुरे बचाउन पुनः आन्दोलन घोषणा गरेको छ । अभियानले चुरे जोगाउन विभिन्न माग राख्दै माघ ६ गतेदेखि आन्दोलन गर्ने जनाएको छ । आन्दोलनका संयोजक सुनिल कुमार यादवले चुरे जोगाउन पटक पटक सरकारलाई पत्राचार गरपनि वे े वास्ता गरको े ले आन्दोलनको घोषणा गरको े बताए । अभियानले जारी गरेकोे विज्ञप्ती अनुसार माघ ६ गते प्रदेश २ का मुख्यमन्त्री कार्यालय घेराउ तथा विरोध प्रर्दशन गरिनेछ । यस्तै माघ ८ गते रौतहटको गौर, माघ ९ गते सलार्हीको मलंगवा, माघ ११ गते महोत्तरीको जलेश्वर, माघ १३ गते सिरहा र माघ १७ गते विरगंजमा विरोध प्रर्दशन गर्ने विज्ञप्तीमा उल्लेख छ । अभियानले महोत्तरी जिल्लाका बनका डेफो हेमनत साहमाथि मुद्दा चलाउन समेत माग गरेको छ ।
वन प्रमुख साहले महोतरीको रम्तेल डाडा सामुदायीक वनको अनाधिकृतरुपमा तस्करसंग मिलेर ४ सय रुख कटान गरेको विज्ञप्तीमा ठहर गरिएको छ । अभियानले यसयघि पनि विभिन्न माग राख्दै तीनै तहको सरकारलाई ध्यानकष्ण गराएको थियो। तर, माग सम्बोधन भएको छैन्। अभियानले मिथिला नगरपालिकाका ओम प्रकाश भनिने दिलिप महतोलाई पर्यावरण शहिद घोषणा गर्नु पर्ने, प्रदेश २ सरकारले अनुमती दिएका क्रसर उद्योगमा छानबीन गरी मापदण्ड विपरीतलाई तत्काल बन्द गर्न‘पर्ने र सिरहामा सञ्चालित मारुती सिमेन्टले कानुन विपरीत अतिक्रमण गरेको जग्गा पुनः वनको नाममा फिर्ता हुनु पर्ने माग अगाडी सारेकोे छ । यस्तै रौतहटमा सागरनाथ वन विकास परियोजनाको अतिक्रमित दुई सय हेक्टर जग्गा फिर्ता गर्नु पर्ने र विपि पुष्पलाल सामुदायिक वन रौतहटको एकसय हेक्टर अतिक्रमित जग्गा फिता गर्नुपर्ने माग राखेको छ । अतिक्रमित जग्गा क्रसर माफियाले गरेको छ । अभियानले चुरे भावर जोगाउन र मधेश मरभुमी हुनबाट बचाउ नारा दिएर सरकारविरुद्ध प्रर्दशन गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया !!