
आशिष विश्वकर्मा । सिरहा । नेपाल खेलकुद महासंघका संयोजक तथा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोतम पौडेलले ठूल–ठूला भवनहरू निर्माण गरेरमात्र खेलकुदको विकास नहुने बताएका छन्। सिरहाको गोलबजारमा आयोजित २० औं पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्नुहुँदै संयोजक पौडलले ठूला कभर्ड हल, रंगशाला र खेलग्राम निर्माणले मात्र खेलकुदको विकास नहुने भन्दै खेलाडीमै लगानी गर्नुपर्ने बताएका हुन्। पछिल्ला दिनहरूमा स्थानीय तहहरूले कभर्डहल, रंगशाला जस्ता भौतिक पूर्वाधारमा लगानी गरेपनि खेलाडीहरूमै कम लगानी गरेको बताए । उनले भने, ‘समग्र खेलकुदको समुचित विकासको लागि खेलाडीहरूमा पनि लागनी गर्नुपर्ने बेला भइसकेको छ, स्थानीय तहहरूलाई पनि खेलाडीमै लगानी गर्न म अनुरोध गर्दछु।’
उनले खेलकुदको विकासको लागि प्रदेश, स्थानीय तहले पनि नीति निर्माण गर्न सक्ने व्यवस्था भएकाले खेलतर्फ पनि ध्यान दिन अनुरोध गरे। मन्तव्यकै क्रममा पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय खेलहरूमा नेपाली खेलाडीहरूको सहभागिता रहेपनि उत्साहजनक अवस्था नरहेको संयोजक पौडेलले जिकिर गरे। खेलकुदमा राज्यले समुचित लगानी गर्न सकेको छैन, खाली खेलमा लगानी गरिरहेको छ । उनले भने, ‘जहिले पनि प्रतियोगिताको आयोजना हुनेबेला भएपछि खेलाडी बटुलेर खेल्न लगाइन्छ, यसरी खेलकुदको विकास हुन सक्दैन, खेलाडी उत्पादनमै लगानीको जरुरत छ ।’ उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष रामचन्द्र ठाकुरले खेलकुद आज मानिसको जीवनको अभिन्न अङ्ग वनेको बताए ।
उनले अवको दिनमा अनुशासित राष्ट्रियता र रोजगारीको लागि युवाहरूले खेलकुदमा जोड दिनुपर्ने बताए । धनगढीमाई नगर प्रमुख हरिनारायण चौधरी, नेपाल व्यडमिन्टन संघका अध्यक्ष रामजी वहादुरर श्रेष्ठ लगायतका बक्ताहरूले खेलाडीहरूलाई शुभकामना दिएका थिए । गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहको अध्यक्षतामा उद्घाटन कायक्रम सम्पन्न भएको थियो। गोलबजार नगरपालिका र राष्ट्रिय व्याडमिन्टन संघको आयोजना र नेपाल व्याडमिन्ट संघ र गोलबजार व्याण्डमिन्टन क्लवको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो। प्रतियोगितामा १० वटा इभेन्टको लागि प्रति इभेन्ट्स प्रथम २० हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुने २ जनालाई १० हजारका दरले जम्मा ५ लाख ९३ हजार पुरस्कार राशी रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा देशभरका तीन सय भन्दा बढी प्रतियोीगहरू सहभागी रहेका छन्। प्रतियोगिता ४ दिनसम्म चल्ने बताइएको छ । गोलबजार नगरपालिका गोलबजार, सिरहा र राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको संयुक्त आयोजना तथा गोलबजार ब्याडमिन्टन क्लब गोलबजारको सह आयोजनामा भोलि मिति २०७७÷०९÷ २९ गत्ते बिहान ११ः०० बजे गोलबजार कभर्डहलमा १० औं पुष्पलाल स्मृति राष्ट्रिय ¥र्याङकिङ ब्याडमिन्टन प्रतियोगिता २०७७ को उद्घाटन नेपाल सरकारका पूर्व युवा तथा खेलकुद मन्त्री एवम् प्रमुख आतिथ्यमा हुने हुदा सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई गरिमामय उपस्थितिका लागि अनुरोध गरिएको छ ।
तपाईको प्रतिक्रिया !!