Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

स्थानीय पाठ्यक्रम शुरु गर्दै बर्दिवास


स्थानीय पाठ्यक्रम शुरु गर्दै बर्दिवास


टुडे एक्सप्रेस । महोत्तरी ।महोत्तरीको बर्दिवास नगरपालिकाले विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । आउने नयाँ २०७८ सालको शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको नगर कार्यपालिकाको कार्यालयको शिक्षा, युवा तथा खेलकूद शाखाले जनाएको हो। यसरी स्थानीय पाठ्यक्रम लागू गर्ने बर्दिवास प्रदेश नं २ कै पहिलो स्थानीय तह बनेको छ ।


हाल कायम रहेको पाठ्यक्रममा कक्षा १ देखि ८ सम्मका छात्रछात्रालाई एक विषय थपिने गरी स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको हो। प्रथम चरणअन्तर्गत शैक्षिक सत्र २०७८ मा कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम लागू हुने र कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम २०७९ मा लागू गरिने शाखा प्रमुख गणेशप्रसाद दाहालले जानकारी दिए । नगर क्षेत्रभित्रका ५२ सामुदायिक र २२ संस्थागत विद्यालयमा हालै स्वीकृत गरिएको स्थानीय पाठ्यक्रमअनुसारको पाठ्यपुस्तक (कक्षा १ देखि ५ सम्मका) शैक्षिक सत्रको प्रारम्भमै सबै विद्यार्थीले पाउने नगरको शिक्षा, युवा तथा खेलकूद शाखाले जनाएको छ । कक्षा तहअनुसार क्रमशः आफ् नो स्थानीय तहको परिचय समेटिएको नयाँ पाठ्यक्रम (स्थानीय पाठ्यक्रम) अनुसार विद्यार्थी आफ्नो परिवेशबारे जानकार हुने शाखा प्रमुख दाहालको भनाइ छ ।

स्वीकृत गरिएको नयाँ स्थानीय पाठ्यक्रम कक्षा १ देखि ८ सम्मका छात्रछात्रालाई यसअघि पठनपाठन भइरहेका विषयमा एउटा थप हुने र यसका लागि चाहिने अतिरिक्त जनशक्ति (शिक्षक) नगरपालिकाले व्यवस्थापन गर्ने भएको छ । नगरपालिकाले २०७७ को प्रारम्भमै स्थानीय पाठ्यक्रम लागू गर्ने नीतिगत निर्णय गरेसँगै प्रक्रियाअनुसार पाठ्यक्रम निर्माणको जिम्मेवारी पाएको सभ्यता अनुसन्धान केन्द्र काठमाडौँले कक्षा भारअनुसार पाठ्यक्रममा समावेश गरिने विषयसूचीबारे विभिन्न विषयका विज्ञसँगको कयौँ चरणको छलफलपछि तयार पारेको हो । ‘हामी त कक्षा १ देखि ८ सम्म २०७८ मै पढाउन थाल्ने गरी लागेका थियौं’, नगरप्रमुख विदुरकुमार कार्कीले भने, ‘तर सबै कक्षाका लागि पाठ्यक्रम बनाउने विषयमा विज्ञहरूबीचको लामो छलफल प्रक्रिया, पुस्तक छपाउने समय र शिक्षक व्यवस्थापनको पक्षले एकैपटक गर्न भ्याएनौँ।’ यद्यपि आउने शैक्षिक सत्र २०७८ मा कक्षा १ देखि ५ सम्म र एक वर्षपछि २०७९ मा कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम लागू हुने कार्कीको भनाइ छ ।

कक्षा १ देखि ८ सम्म लागू गरिएको स्थानीय पाठ्यक्रमअनुसार अब ‘बर्दिवास ज्ञानमाला’ नाउँ दिइएको नयाँ पुस्तक पठनपाठनको एक अतिरिक्त थप विषय बनेको छ । कक्षा भारअनुसार छात्रछात्राले क्रमशः एकपछि अर्को कक्षा हुँदै ८ सम्म पुग्दा आफ्नो नगर क्षेत्रको भूगोल, भाषा, जातजाति, संस्कृति परम्परा, धार्मिक र पर्यटकीय ठाउँहरू र यसको सम्भावना, सम्पदा, विकास प्रयत्न र थप सम्भावना, कृषि, बजार, स्थानीय उद्यम र सीप छनोटबारे आधारभूत जानकारी पाइसक्ने शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख दाहाल बताउँछन्। प्रदेशमै बर्दिवास नगरपालिकाले थालेको यो प्रयत्नबारे अब अन्य स्थानीय तहले पनि चासो बढाएका छन्। महोत्तरीकै भङ्गाहा, मटिहानी र छिमेकी जिल्ला धनुषाका मिथिला तथा सर्लाहीका लालबन्दी र हरिवन नगरपालिकामा स्थानीय पाठ्यक्रम निर्माणबारे छलफल हुन थालेको छ ।

भङ्गाहा नगरपालिकामा अब स्थानीय पाठ्यक्रमबारे कार्यसमितिमा छलफल गरिने नगरप्रमुख सञ्जीवकुमार साहले बताउनुभएको छ । ‘हामी ढिला त भयाँै, तर अब ढिलो गर्दैनौं’, नगरप्रमुख साहले भने,‘आधारभूत तहका छात्रछात्रालाई आफ्नो परिवेशबारे जानकार बनाउन स्थानीय पाठ्यक्रमले निकै सघाउने बुझियो, हामी छलफल बढाउँछौँ ।’ स्थानीय पाठ्यक्रम लागू गर्न सके बालबालिका बढी जिज्ञासु हुने र अन्य विषयको जानकारी बढाउन पनि सजिलो हुने शिक्षाविद्हरू बताउँछन् । ‘आफ्नै वरपरका कुरा पठनपाठनकै विषय बन्ने भएपछि ती कुरा बालबालिकाले सहजरूपमा ग्रहण गर्छन्’, बर्दिवास बहुमुखी क्याम्पस बर्दिवास–१४ का प्राचार्य तोपबहादुर ठकुरी भन्छन्, ‘यसले बालबालिकामा अन्य विषयको पठनपाठन र सिकाइमा पनि सकारात्मक प्रभाव पार्छ ।’

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल
Banner News

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

भदौ १२, २०८०, ६:०५ PM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM
नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM
कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम
Banner News

कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम

जेष्ठ ७, २०८०, १२:१८ PM
विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन
Banner News

विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन

जेष्ठ ७, २०८०, ११:५६ AM
ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार
Banner News

ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार

जेष्ठ ७, २०८०, ११:४८ AM

ताजा समाचार

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

4 weeks ago
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

4 weeks ago
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

3 months ago
तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

4 months ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

4 months ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

4 months ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर