टुडे एक्सप्रेस । सिरहा । सिरहाको गोलबजार नगरपालीकाको कृर्षि शाखा कार्यालय विहानै १० बजे खुलेपनि यहाँका प्रमुख वा कर्मचारी कहिल्यै भेटिदैन । कुनै काम विशेषले कार्यालयमा पुगेका किसानले कृषि शाखा अधिकृत रामनारायण महतोलाई भेट्न किहिले खोज्दै प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्ष, कहिले नगरको प्रशासन शाखा त कहिले कता भौतारिनु पर्छ ।
उनी आफ्नो कार्यालयको काममा भन्दा अन्य काममै सक्रिय भएकाले उनलाई कृर्षि कार्यालयभन्दा अन्यत्रै भेटिने गर्छन्। महतो किसानको समस्या बुझ्ने, त्यसको समाधान गर्ने भन्दा पनि नगरपालिकाको अन्य प्रशासनिक काममै व्यस्त रहन्छन् । विभिन्न कार्यालयबाट आउने चिठिपत्र हेर्ने र त्यसको जवाफ दिने, सिफारिसहरूमा सहि छाप गर्नेमा व्यस्त भएका कारण यहाँबाट प्रवाह हुने सेवा नै प्रभावित हुने गरको छ । कृषि शाखा प्रमुख महतोमात्र हैन यहाँ कार्यरत २ जना प्राविधिक र एक जना कार्यालय सहयोगी पनि नगरको अन्य काममा खटिएका छन्।
जिल्लाकै तरकारी उत्पादनमा महत्वपूर्ण योगदान गरेको गोलबजार नगरपालीकाका किसानले कृषि सेवाबाट सेवा नै पाउँदैनन् । गोलबजारका १३ वडाका किसानहरू कुनै समस्या लिएर कृषि कार्यालय आँदा कर्मचारी नभेटीने र भेटिहालेपनि समयमा समाधानका उपाय नपाउने भएपछि एग्रोभेटकै रामर्शमा ल खाद, औषधी र विउ विजन किनेर उत्पादन गर्ने गर्दछ । १० नक्वर वडाका किसान जिवछ पासवान कृषि कार्यालयमा जाँदा कोही नभेटिने भएपनि आफू विउविजन व्यवसायीकै परामर्शमा तरकारी खेती गर्दै आएको बताए ।
उनले भने, ‘कृषि कार्यालयमा कर्मचारी भेटिदैंन, भेटिएपनि उनीहरूबाट केही नै नहुने भएपछि किन त्यहाँ जानु, यतैबाट काम चलिरहेको छ ।’ कृषि शाखाको गेदैमा पशु औषधी पसले धनराज यादवले कृषिका कर्मचारी खोज्न आउनेलाई जवाफ दिंदा दिंदा दिक्क लागेर आएको बताए । उनले भने, ‘कहिल्यै कार्यालयमा बस्दैन, विहानै खुलेको कार्यालय कहिले ७ बजे सम्म खुल्लै हुन्छ, तर कर्मचारी भेटिनै मुस्किल हुन्छ ।’ नगरपालीका प्रमुख देवनाथ साहले पनि कृषि अधिकृत महतोलाई आफ्नो कार्यालयमा बस्न र योजना बनाएर किसानलाई टेवा पुर्याउन भन्दा भन्दा थाकी सकेको बताए । उनले भने, ‘अब त केहि भन्न पनि मन लाग्दैन ।’ यता कृषि अधिकृत महतोले भने आफू कार्यालय प्रमुखको मातहतको कर्मचारी भएकाले उनले अर्हाएको काममा रहेको बताए । उनले भने, ‘म कार्यालयकै काममा छु, प्रमुख प्रशासकिय अधिकृतले दिएको जिम्माको काम गरिरहेको छु।’ उनले आफ्नो कार्यालयको काम भने केही प्रभावित भएको स्वीकार गरे ।
तपाईको प्रतिक्रिया !!