रुपेन्द्र पटेल,चन्द्रनिगाहपुर: रौतहटको बृन्दावन नगरपालिकां ३ मा खेलमैदान निर्माण हुने भएको छ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय मार्फत वृन्दावन ३ को लागि खेलमैदान निर्माण गर्न मेयर राम स्नेही राय यादवको विशेष पहलमा योजना स्वीकृत भएको हो ।
मेयर यादवले नगरभित्रका युवा पिढीलाई लक्षित गर्दै खेलकुदको माध्यमबाट स्वास्थ्य र समुन्नत नगर निर्माणका लागि युवाको भूमिका महत्वपूर्ण हुने भन्दै युवा लक्षित योजना स्वीकृत गराउन सफल भएकोमा स्थानीय युवाहरु द्वारा मेयर यादवको चौतर्फी प्रशंसा भएको छ ।
सो नगरपालिकाको वडा नं ३ मा खेल मैदान निर्माण हुंदा नगरपालिका मात्र नभई समग्र जिल्ला भरिकै सानको रूपमा रहने र उक्त योजनाको निर्माण कार्य जिल्लाकै नमुनाको रूपमा कार्य गरेर समयमै निर्माण सकी युवावर्गमा लाई खेलकुदको माध्यमबाट अघि बढ्दै राष्ट्रको नाम विश्वमा समेत चिनाउन हौसला पुग्ने उनले बताए ।
उक्त स्वीकृत खेल मैदान १५ विगाहा १६ कठ्ठा ९ धुर क्षेत्रफलमा निर्माण गर्न संघीय सरकारबाट ६ करोड ७० लाख ३४ हजार २३ रुपैया विनियोजन भएको हो । नगरपालिका समेतको लागत सहभागीता रहेको यस योजना सम्बन्धित मन्त्रालय मार्फत पार्न सफल भएका मेयर यादवको काम प्रति नगरवासीले समेत खुसियाली व्यक्त गरेका छन् । मन्त्रालयले वृन्दावन नगरपालिका लगायत जिल्लाका विभिन्न पालिकाहरुमा समेत खेलकुद पूर्वाधार योजनाहरु स्वीकृत गरेको छ ।
नगरप्रमुखको एक पछि अर्को लोकप्रिय कामले नगरवासीले मन जितेको स्थानीयहरू बताउ“छन् केही दिन अघिमात्र नेकपा लगायत अन्य विभिन्न पार्टी परित्याग गर्दै आएका स्थानीय युवाहरुलाई मेयर यादवले आफ्नो पार्टी नेपाली कांग्रेसमा टीका लगाएर प्रवेश गराएका थिए ।
यसबाट पनि मेयर यादव आफ्नो नगरमा अन्य पार्टीको कार्यकर्ताको मन जित्दै अगाडि बढ्दै गइरहको अवस्थामा आफूहरु उनको विकासबाट आकर्षित र लाभान्वित भएको स्थानीयहरू बताउँछन् ।
तपाईको प्रतिक्रिया !!