Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

माध्यमिकी मेलाको लागि जलेश्वर नगरपालिकाद्वारा सार्वजनिक बिदाको घोषणा


मटिहानीमा मिथिला माध्यमिकी परिक्रमाको भव्य स्वागत

जलेश्वर : महोत्तरीको जलेश्वर नगरपालिकाले मिथिला माध्यमिकी परिक्रमा मेला ९उत्सव, जात्रा० का लागि सार्वजनिक बिदा घोषणा गरेको छ । जिल्ला सदरमुकामसमेत रहेको जलेश्वर नगरपालिकाले आज बुधबार परिक्रमा मेलाका लागि सार्वजनिक बिदा घोषणा गरेको हो ।

मिथिला माध्यमिकी यात्राको पाँचौँ दिन आज राम–सीताको डोलासहितका यात्री रात्रिविश्रामका लागि जलेश्वर आउने क्रम एकाबिहानैदेखि शुरु भएको छ । मिथिला माध्यमिकी परिक्रमा यस भेगको महान धार्मिकयात्रा र लोक परम्परा भएको हुँदा उत्सव मनाउन सार्वजनिक बिदा घोषणा गरिएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । हजारौँ नरनारी र साधुसन्तसहित आफ्नो नगरमा रामसीताको डोली बोकेर आउने हुँदा अतिथि स्वागत र डोलाको दर्शनका लागि सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले पुष्टि गर्नुभयो ।

“जलेश्वरमा डोला आउने दिन यहाँका जनजन परिचालित हुन्छन्, डोलाको दर्शन एक अपूर्व धार्मिक अवसर मानिने परम्परा स्थापित छ”, नगर कार्यपालिकाको निर्णय उद्धृत गर्दै कडरियाले भन्नुभयो, “नगरमा आउने धार्मिकयात्राका अतिथिलाई सबैले स्वागत गर्न र डोला उत्सवमा सहभागी हुन सकुन् भन्ने ध्येयले बिदा दिने निर्णय गरिएको हो ।”

जलेश्वरमा आज बिहानैदेखि माध्यमिकी परिक्रमाका यात्री जलेश्वर आइपुग्ने क्रम शुरु भएको छ । जिल्लाको मटिहानीमा चौथो दिनको रात्रिविश्राम गरेका यात्री सात किलोमिटर दूरी छिचोल्दै सूर्योदयसँगै जलेश्वर आइपुग्ने क्रम देखिएको हो । सबै यात्री बिहान एकै समयमा उठ्ने र नित्यक्रियाबाट निवृत्त हुने समय फरक पर्दा बिहानदेखि मध्याह्नसम्म यात्री आउने क्रम जारी रहने जलेश्वरको मटिहानीचोकका होटल सञ्चालक धर्म शर्मा बताउनुहुन्छ । अहिले जलेश्वरदेखि मटिहानीसम्म अटुट मानवपङ्क्ति देखिँदोछ ।

जलेश्वरमा आइपुग्ने यात्री श्रीजलेश्वरनाथ महादेवको दर्शन गरेर परिक्रमा पोखरी ९यात्री बस्ने ठाउँको नाउँ० मा जम्मा हुन्छन् । रामसीताको डोला राखिनासाथ दर्शन गर्नेको भीड लाग्छ । डोला आइपुगेपछि भोलिपल्ट अघिल्लो यात्रामा ननिस्कुनञ्जेल नाचगान, भजनकीर्तन र खेलतमासाको मेला उत्सव रहने रात्रिविश्रामस्थलको पुरानो परम्परा हो ।

गत शनिबार फागुन औँशीका दिन धनुषाको ठेराकचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली चौथो दिन मटिहानी आएपछि महोत्तरीको यात्रा प्रारम्भ भएको हो । अब आज पाँचौँ दिन जलेश्वरमा रात्रिविश्रामपछि छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको बासपछि महोत्तरीको यात्रा पूरा हुनेछ ।

जम्मा १३३ किलोमिटरको यो यात्रामा महोत्तरीका पाँच, धनुषाका छ र मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा चार रात्रिविश्रामस्थलको स्थापित मैथिल परम्परा छ । फागुन पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा सम्पन्न गरेपछि माध्यमिकी परिक्रमा सम्पन्न गरेर हिन्दू मैथिलले त्यसको भोलिपल्ट फागु ९होली० पर्व मनाउनेछन् ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM
नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM
विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन
Banner News

विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन

जेष्ठ ७, २०८०, ११:५६ AM
ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार
Banner News

ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार

जेष्ठ ७, २०८०, ११:४८ AM
निजी कार्यको लागि सार्वजनिक बाटो बन्द
Banner News

निजी कार्यको लागि सार्वजनिक बाटो बन्द

फाल्गुन २९, २०७९, ७:०९ AM
मेयर र इन्जिनियर दुवै निलम्बनमा
आर्थिक

मेयर र इन्जिनियर दुवै निलम्बनमा

फाल्गुन १८, २०७९, १०:५२ AM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर