४ साउन, काठमाडौं ।
यतिबेला युरोपेली देशहरुमा अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ । प्रचण्ड गर्मीसँगै तातो हावा चल्दा सयौंले मानिसले ज्यान गुमाइसकेका छन् । उत्याधिक गर्मीका कारण युरोपका अधिकांश देशको जनजीवन प्रभावित भएको छ । गत जुलाई १० तारिखदेखि स्पेनमा गर्मी सुरु भएको थियो । अत्याधिक गर्मीका कारण यहाँको जनजीवन निकै कष्टकर बनेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार तातो हावा चल्दा त्यहाँ हप्ता मै ५१० जनाले ज्यान गुमाए । यसरी ज्यान जानेमा अधिकांश ज्येष्ठ नागरिक रहेका छन् । गर्मी अझै बढ्ने देखिएको र यसबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन यहाँको स्वास्थ्य मन्त्रालयले सूचना जारी गरिरहेको छ । त्यहाँको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ । त्यसैगरी, लन्डनमा सोमबार ३८।१ डिग्री सेल्सियस तापमानसहित हालसम्मको सबैभन्दा गर्मी दिन रेकर्ड भएको थियो । गर्मीका कारण त्यहाँका अधिकांश विद्यालय बन्द गरिएका छन् । यद्यपि, सरकारले विद्यालय ठप्प नगर्न अनुरोध गरेको छ । तापक्रम बढेपछि मौसम विभागले पहिलोपटक रेड अलर्ट जारी गरेको छ । त्यसैगरी, युकेमा मंगलबार हालसम्मकै प्रचण्ड गर्मी हुने र तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । सोमवार सफोकमा ३८।१ डिग्री तापक्रम पुगेको थियो जुन यूकेको सन् २०१९ को कीर्तिमान ३८।७ सेल्सियसभन्दा केही कम थियो । त्यस्तै, इटलीले ७० वर्षयताकै सबैभन्दा खराब खडेरीबीच पो नदी वरपरका पाँच उत्तरी क्षेत्रमा आपत्काल घोषणा गरेको छ । खडेरीका कारण मानिसहरुको जिवनयापनमा कठिनाइ भैरहेको छ भने खडेरीकै कारण थुप्रै जनावरहरुको मृत्यु भइरहेको छ । पछिल्लो समय जलवायु परिर्वनले वायु मण्लमै प्रत्यक्ष पभाव पारीरहेको छ । जसले गर्दा मौसममा समेत असर देखिएको छ । जाडोमा अत्याधिक जाडो र गर्मीमा अत्याधिक गर्मी हुदाँ विश्वका अधिकांस देशहरुले अनेकांै समस्या झेल्नुपरेको छ । परिवर्तित जलवायु परिवर्तन र यसको समाधानको लागि सिंगो विश्व एकजुट हुन आवश्यक देखिन्छ ।
तपाईको प्रतिक्रिया !!