जनकपुरधाम श्रावन ३
विक्री भइसकेको जग्गामा जवरजस्ती विवाद मिल्काएर जग्गा कारोवारी र केहि संचारकर्मीहरुले मिलेर आफुसंग पैसा थुत्न खोजेको भन्दै अटोमोवाईल व्यवसायी कैलाश महासेठले आरोप लगाएका छन ।टुडे एक्सप्रेससंग कुराकानी गर्दै महोत्तरी जलेश्वरमा हिरो मोटरसाईकलको शोरुम सोनाली इन्टरप्राइजेज संचालन गरेका महासेठले चार वर्ष पहिले जलेश्वरमै विक्री गरेका जग्गालाई विवादीत वनाएर आफुसंग जवरजस्ती ११ लाख माग गरिरहेको वताएका छन । आफुसंग जग्गा खरिद गरेकी महिलाका पुत्र पप्पु साहले दैनिक रुपमा फोन गरेर थर्काउने गरेको र समाजीक संजालमा केहि पत्रकारहरुसंगै मिलेर आफनो तस्विर राखी तथानाम लेखेर आफनो चरित्र हत्या गरिरहेको समेत उनले आरोप लगाएका छन । वि.स.२०७४ माघ ९ गते जलेश्वर नगरपालिका वार्ड नं ६ निवासी उमाशंकर प्रसाद साह संग कैलाश महासेठले १५ धुर जग्गा खरिद गरेका थिए । किता नं ५९९ रहेको सोही जग्गा एक वर्ष पछि २०७५ पुष ५ गते महासेठले गिता देवी साह संग जग्गा विक्री गरेका थिए । जग्गा विक्री गरिसकेको लगभग चार वर्षपछि सो जग्गाका अगल वगलका अंशियारहरुले सो कितामा जवरजस्ती कव्जा गरेपछि अहिले आएर गीता देवीका पुत्र पप्पु साहले जग्गा अपुग भएको भन्दै त्यसको क्षतिपुर्ति दिनका लागि आफुलाई मानसीक टर्चर गर्दै आएको वताए । सो जग्गाका पछिल्लो अंशियारहरुले जग्गाको ७ धुर जग्गा अगाडी पछाडी गरि कव्जा गरिदिदा त्यसको क्षतिपुर्ति आफुलाई नै तिर्नुपर्ने भन्दै दबाब दिदै आएको छ । आफुले कानुन बमोजीम काम गर्न भनेपछि पप्पु साह र महोत्तरी जिल्लाका केहि पत्रकारहरुले आफनो फोटो राखेर हदैसम्मको तल्लोस्तरको कुरा समाजीक संजालमा लेखि आफनो चरित्र हत्या गर्दै आइरहेको आरोप लगाएका छन । यता जग्गा विवाद सम्वन्धी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दिदा प्रहरीले बसेर विवाद सल्टाउन भन्दै आएको बताउदै महासेठले वैठक वसिएपनि १५ को जग्गामा ७ धुरको अहिलेको चलन चल्ती अनुसारको मुल्य तिर्नुपर्ने भन्दै दबाब दिदै आएको वताए । पैसा थुत्नैका लागि निज पप्पु साहले केहि पत्रकारहरुलाई प्रयोग गर्दै आइरहेको र सो पत्रकारहरुले जलेश्वर स्थित आफनो शोरुममा आफु नभएको वेला आएर होहल्ला समेत मचाएको र त्यसको फुटेज पनि आफुसंग सुरक्षीत रहेको उनले वताए ।
तपाईको प्रतिक्रिया !!