जनकपुरधाम, साउन ३ गते ।
सोमबार बिहान जनकपुरधाम उपमहानगरपालिका ४ माछा बजार चोकमा अचेत अवस्थामा फेला परेका अन्दाजी ४६ बर्षीय पुरुषको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।सोमबार साँझ ती व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।अचेत अवस्थामा फेला परेका ती व्यक्तिलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए ।मृतकको आफन्त वा कसैले चिनेको भए सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया !!