Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

एकीकृत समाजवादीमा झलनाथ खनालको बढ्दो पकड,


एकीकृत समाजवादीमा झलनाथ खनालको बढ्दो पकड,

२ साउन, काठमाडौं ।
११ महिनाअघि गठन भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पूर्वपार्टी नेकपा एमालेलाई खरानी बनाउने चेतावनी दिँदै आएका छन् । एमाले हराउन अध्यक्ष नेपालले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलहरुसँग चुनावी तालमेल र सत्ता सहकार्य गरे । उनले विशेष गरी एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश पोख्ने गरेका छन् । तर तिनै अध्यक्ष नेपाल गएको शुक्रबार भने फरक सुनिए । बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेलाई प्रहार गर्न नहुने धारणा राखे । ‘अहिले धेरै किन भन्नु हुँदैन भने एमालेले अहिले हामीलाई धेरै प्रहार गरिरहेको छैन’, कार्यकर्तामाझ नेपालले भने, ‘धेरै प्रहार नगरिरहेको बेलामा हामीले पनि प्रहार गर्नु हुँदैन । एकाएक अध्यक्ष नेपालको स्वर फेरिनुको कारण भने पार्टीभित्र पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रभाव बढ्नु रहेको एक नेता बताउँछन् । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनपछि नेता खनालले सार्वजनिक रुपमै वाम एकताको वकालत गर्न थालेका छन् । वाम एकता अर्थात एमालेसँग मिल्नुपर्छ भन्ने खनालको तर्कमा पार्टीभित्र ठूलै पंक्तिले साथ दिँदा अध्यक्ष नेपालको अभिव्यक्ति बदलिन पुगेको ती नेता बताउँछन् । उनका अनुसार, पार्टीको वैचारिक कार्यक्रम, राजनीतिक कार्यदिशादेखि संगठनमा समेत नेता खनालको प्रभाव पार्टीभित्र बढेको छ । माओवादीसँग होइन, एमालेसँग एकता गत वर्ष २ भदौमा एकीकृत समाजवादीबनिरहँदा खनाललाई रोक्न एमालेका दोस्रो तहका नेताहरुले ठूलै प्रयत्न गरेका थिए । त्यसबेला दिल्लीमा उपचाररत खनाललाई सम्झाउन सुरेन्द्र पाण्डे दिल्ली नै पुगेका थिए । तर त्यतिबेला खनाल पनि माधव नेपाल जस्तै ओलीप्रति आक्रोशित थिए । खनालले पाण्डेको कुरा नसुनी अलग पार्टी गठनमा नेपाललाई साथ दिए । त्यतिमात्र होइन, आफू निकट नेताहरुलाई एकीकृत समाजवादीमा लाग्न आग्रह पनि गरे । ‘देशभरका कार्यकर्ताको कुरा भोलि एकता नै गर्ने हो भने एमालेसँगै गर्नुपर्छ, माओवादीसँग गर्न हुन्न भन्ने खालको छ’, खनाल निकट एक नेता भन्छन्, ‘माधव कमरेडको भनाइ पनि त्यसलाई ध्यानमा राखेर आएको हुनसक्छ । तर, स्थानीय चुनावपछि भने खनालको मुड बदलिएको छ । उनले खुलेरै एमालेसँग मिल्नुपर्ने अभिव्यक्ति दिइरहेका छन् । त्यसको कारण भने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा पनि खनाल निकट नेताहरु पराजित हुनु र एकीकृत समाजवादीले सानो संख्याको जित मात्रै निकाल्न सक्नु हो । खनालको गृह जिल्ला इलाममै एकीकृत समाजवादीले अपेक्षित नतिजा ल्याउन सकेन । काठमाडौं गरपालिकाको उपमेयरको उम्मेदवार बनेका खनाल निकट नेता रामेश्वर श्रेष्ठले सत्तारुढ गठबन्धनबाट मत नपाएको निष्कर्षमा एकीकृत समाजवादी पुगेको छ ।
त्यसपछि खनालले कांग्रेस र माओवादीले धोका दिएको बताउँदै आएका छन् । यो गठबन्धनसँग खनाल असन्तुष्ट हुनुमा भने विवादित परियोजना एमसीसी अनुमोदन हुनु पनि हो । पूर्वप्रधानमन्त्री खनाल एमसीसीको विपक्षमा थिए । तर सत्तारुढ गठबन्धनका नेताहरुले उनको कुरा सुनेनन् । बरु, एमसीसी अनुमोदनबारे छलफल भएको गठबन्धनको निर्णायक बैठकमै खनाललाई बोलाइएन । आफ्नो विमतिबीच गएको १५ फागुनमा एमसीसी अनुमोदन हुँदा खनालले विपक्षमा मतदान गरे । स्रोतका अनुसार, पछिल्लो समय एमाले नेताहरुसँग खनालको सम्वाद बाक्लिएको छ । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायत नेताहरु खनालको निवास डल्लुमै पुगेर भेटघाट गरिरहेका छन् । ‘उहाँसँग एमाले नेताहरु सम्पर्कमा आइरहनुभएको छ, कुराकानी गरिराख्नुभएको छ,’ खनाल निकट एक नेता भन्छन्, ‘तर, अहिले नै एकताको वातावरण बनिहाल्छ भन्ने छैन । एकताबारे कुरा गर्ने गरी ओलीसँग भने खनालको भेटवार्ता भएको छैन । तर ओलीले पनि एकीकृत समाजवादीबाट धेरै नेता एमालेमा आउने बताइरहेका छन् । गएको १९ असारको सचिवालय बैठकमा ओलीले खनालतर्फ संकेत गर्दै एकीकृत समाजवादीबाट नेताहरु फर्कने तयारीमा रहेको बताएका थिए । एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ पनि वामपन्थी मिल्नुपर्छ भन्ने मत पार्टी पंक्तिभित्र रहेको बताउँछन् । तर एकता एमालेकै व्यवहारमा भरपर्ने बताउने श्रेष्ठ भन्छन्, ‘एकता एकपक्षीय हुन्न । एमालेले पनि चाहना गर्नुपर्‍यो । अध्यक्ष नेपालले भने एमालेसँग नभएर नेकपा माओवादी केन्द्रसँग एकता गर्नुपर्ने अडान लिँदै आएका छन् । चुनावअघि नै माओवादी केन्द्रसँग एकता गर्ने गरी संवाद सुरु भइसकेको थियो । तर नेता खनालले यस्तो सूचना पाएपछि विमति जनाए । माओवादीसँग एकीकरण गर्न नहुने मत पार्टीभित्र ठूलो भएको भन्दै खनालले बरु एमालेसँग मिल्न सकिने तर्क राखे । ‘देशभरका कार्यकर्ताको कुरा भोलि एकता नै गर्ने हो भने एमालेसँगै गर्नुपर्छ, माओवादीसँग गर्न हुन्न भन्ने खालको छ’, खनाल निकट एक नेता भन्छन्, ‘माधव कमरेडको भनाइ पनि त्यसलाई ध्यानमा राखेर आएको हुनसक्छ ।
संगठन र सिद्धान्तमा पनि हाबी
पार्टीको आगामी राजनीतिक कार्यक्रमबारे मात्रै नभएर खनाल एकीकृत समाजवादीको सैद्धान्तिक कार्यक्रममा पनि हाबी भएका छन् । एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद ९जबज० लाई मार्गदर्शक सिद्धान्त नमान्नुमा खनालकै अलग व्याख्याले काम गरेको छ । पार्टीको राजनीतिक घोषणापत्र नै खनालले लेखेका हुन् । एमालेले मार्गदर्शक सिद्धान्त मानेको जबजलाई जस्ताको त्यस्तै अवलम्बन गर्नुपर्छ भन्ने मत बिपरीत खनालले अलग व्याख्या गरेका छन् । ‘यस पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हो’, खनालले लेखेको एकीकृत समाजवादीको घोषणापत्रमा छ, ‘मार्क्सवाद–लेनिनवाद क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्वदृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवम् समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त हो ।’ मदन भण्डारीले जबजमा मार्क्सवादको सिर्जनात्मक प्रयोगबारे सविस्तार व्याख्या मात्रै गरेको खनालको तर्क छ । गत वर्ष २७ कात्तिकमा बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पनि खनालको दस्तावेज अनुमोदन गरेको थियो । ‘अब जबज हाम्रो मार्गदर्शन सिद्धान्त बन्न सक्दैन । मार्क्सवाद–लेनिनवाद नै हाम्रो मार्गदर्शन सिद्धान्त हो’ खनालको व्याख्या छ । खनालकै अडान र व्याख्यापछि जबजबाट अध्यक्ष नेपाल पछि हट्न बाध्य भए । अध्यक्ष नेपालले आफू निकट नेताहरुलाई समेत यसमा सहमत गराएका छन् । जबकी नेपाल निकट नेताहरुले भने जबज छोड्न नहुने पक्षमा अडान लिँदै आएका छन् । एमाले र माओवादी केन्द्रबीच एकता भएपछि ओलीले पार्टीमा छलफल नै नगरी जबज छोडेर गल्ती गरेको आरोप नेपाल निकट नेताहरुले लगाएका थिए । बेदुराम भूसाल, जगन्नाथ खतिवडा, राजेन्द्र राई लगायतले नेकपाको राजनीतिक दस्तावेजमा असन्तुष्टि जनाउँदा जबज छोडिएको तर्क गरेका थिए । राजनीतिक कार्यदिशा र सैद्धान्तिक कार्यक्रमसँगै एकीकृत समाजवादीको पार्टी संगठनमा पनि खनालको पकड बलियो बनेको छ । पार्टी संगठन र जनसंगठनमा नेपाल र खनाल पक्षका नेताहरुबीच मतभेद चर्किन थालेको छ । युवा संघ नेपालमा भएको विवाद पार्टीभित्र नेपाल र खनाल समूहको प्रभाव नै हो । गत ३ र ४ असारमा बोलाइएको युवा संघको पदाधिकारी बैठकलाई अध्यक्ष माधव नेपालले एकाएक रोकिदिए । महासचिव दीपक जीएमले बैठक रोकिएकोबारे आन्तरिक सर्कुलरमै अध्यक्ष नेपालको हस्तक्षेप भएको बुझिने भाषामा उल्लेख गरिदिए । युवा संघका अध्यक्ष नरेश शाही र महासचिव जीएम खनाल पक्षका हुन् भने उपाध्यक्ष नितेश पौडेल नेपाल पक्षका हुन् । बैठक रोकिएपछि आफ्नै निवास आइपुगेका युवा संघका नेताहरुलाई खनालले अध्यक्ष नेपालसँग त्यसबारे कुरा गर्ने आश्वासन दिएका थिए । विद्यार्थी संगठन अनेरास्ववियूको अवस्था पनि युवा संगठनकै जस्तो छ । अध्यक्ष सुदेश पराजुली नेपाल पक्षका हुन् भने महासचिव आरती लामा खनाल पक्षकी हुन् । अलग समूहका नेता भएकाले अनेरास्ववियूको गतिविधिमा पार्टी विवाद प्रष्ट देखिने गरेको छ ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए
Banner News

१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

जेष्ठ ७, २०८०, ३:१४ PM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त
Banner News

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

जेष्ठ ७, २०८०, २:३५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर