महोत्तरी, असार ३० गते ।
जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको तथ्यांकअनुसार पछिल्लो ७ दिनदेखी बिरामीको संख्यामा ह्वात्तै वृद्धि भएको छ। पछिल्लो ७ दिन यता जलेश्वर प्रादेशिक अस्पताल महोत्तरीमा ३० प्रतिशत बिरामी बढेको अस्पतालका डा। प्रदिपकुमार साहले जानकारी दिए। भाइरल ज्वरो, टाइफाइड, निमोनियाका बिरामी बढेको उनले बताए । पसिना अत्यधिक आउने र पर्याप्त पानी सेवन नगर्दा डिहाइड्रेसनका बिरामी बढेका डा। साहले बताए । महोत्तरीमा सरकारी अस्पताल मात्र नभई निजी अस्पतालसमेत भरिभराउ देखिएका छन्। अत्यधिक गर्मी कै कारण सर्पको डसाइमा समेत वृद्धि भएको छ। अत्यधिक गर्मीका कारण बच्चाहरूमा समेत समस्या बनेको छ। घमाउरा आउने र घाउसमेत हुनाले घरमै प्राथमिक उपचार गर्ने गरेको रामगोपालपुरका रामरन्जन बताउछन्।
महोत्तरीमा अहिले अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस हो ।
तपाईको प्रतिक्रिया !!