३० असार, काठमाडौं ।
उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि उम्मेदवारी दिने भएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार उम्मेदवारबारे छलफल भइरहेको छ । उनले अघि भने, हाम्रो मात्र भोटले जितिँदैन, त्यसैले अरु दलसँग पनि कुराकानी भइरहेको छ । उपसभामुख चयनका लागि भोलि दिउँसो ३ बजे बोलाइएको संसद बैठकमा निर्वाचन हुनेछ । त्यसका लागि आज बिहीबार बिहान ११ बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दिने तयारी छ ।
तपाईको प्रतिक्रिया !!