आषाद ३०, जनकपुरधाम।
जिल्ला प्रहरी कार्यालय धनुषा, गस्तिमा खटिएको प्रहरी टोलिले जिल्ला धनुषा जनकपुर नगराईन नगरपालिका वडा नं। ४ स्थित जकपुर (तुलसियाही सडक खण्डमा सवारी साधनहरू चेक जाँच गर्ने क्रममा जिल्ला धनुषा मुखियापट्टी मुसहरनिया गा।पा। वडा नं। ३ वस्ने वर्ष २३ को नुरे आलम शेषले चलाई ल्याएको ज।१ च। १२६८ नं। को पिकअप गाडी रोकी चेक जाँच गर्ने क्रममा उक्ता गाडीमा दिलवाले नामक सोफी रक्सी ३०० कार्टुन रहेको र निज संग उक्त रक्सीको भ्याट विल माग गर्दा निजले अनुषका टेड्रसको विल भौचर दिदा उक्त विल भौचरमा निज नुरे आलम शेषले चलाई ल्याएको ज। १ च। १२६८ नं। को पिकप गाडी उल्लेख नभई ना। २ च। ३३१९ नं। को गाडी उल्लेख भएको देखिदा निज नुरे आलम शेषलाई सोध पुछ गर्दा उक्त नं। को गाडीमा दिलवाले नामक सोफी रक्सी लोड गरी भारत तर्फ लगि रहेको भन्ने बताउँदा निज सहित उक्त पिकअप गाडी र मदिरा समेत नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई अं। मुल्य रू। २७,५८,०००।( बराबरका समानहरू आवश्यक कार्वाहीको लागी आज मिति २०७९।०३।२९ गते आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषामा पठाइएको छ।

तपाईको प्रतिक्रिया !!