२९ असार, काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि व्यंग्य गरेका छन् । एमालेको अर्थ योजना विभागमा एम अधिकारी, खोटाङ भनिएका व्यक्ति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको चर्चा छ । यो विषय बुधबार संसदमा समेत उठेको छ । माओवादी केन्द्रका सांसद रेखा शर्माले गभर्नर कुनै दलको विभागमा बस्न नपाइने भन्दै छानबिन गर्न माग गरेकी छन् । शुन्य समयमा बोलेका कांग्रेस महामन्त्री थापाले मौद्रिक नीतिबारे गभर्नरलाई सुझाव दिएका छन् । अर्थतन्त्रलाई चलायमान हुने गरी मौख्रिक नीति आउनुपर्ने भन्दै उनले भने, ‘मैले गरेको यो सबै अनुरोध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो । नेकपा एमालेको अर्थ योजना विभागका मिस्टर एम अधिकारीले मलाई भनेको हो कि भनेर बुझ्नु भएमा क्षमा चाहन्छु । आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउनुपर्छ । तरलताको अभाव, चुलिँदा व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिती, आकासिदो मुल्यबृद्धि र मागमा संकुचन जस्ता चुनौतीलाई सामना गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्छ । परियोजनामा आधारित कर्जा, बैंकिङ प्रणाली बाहिर रहेको पैसालाई सिस्टममा ल्याउने र केही घरानाको कब्जामा रहेको इकोनोमीलाई बाहिर ल्याउने आँट मौद्रिक नीतिमा गरिनुपर्छ ।,शेयर बजारमा सुधार गर्ने भनेर ४र१२ को नीति ल्याइयो । सरले ठूला घरानालाई पोस्ने, सानोलाई कस्ने काम भयो । राष्ट्र बैंकले जे सोचेको भए पनि अपेक्षा गरेको परिणाम नआइसकेपछि अब यसलाई सच्याउनुपर्छ । यसलाई सच्याइएन, बन्द गरिएन भने लाखौं शेयरमा लगानी गरेका साना लगानीकर्ताहरु सडकमा आइपुग्छन् । मैले गरेको यो सबै अनुरोध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो । नेकपा एमालेको अर्थ योजना विभागका मिस्टर एम अधिकारीले मलाई भनेको हो कि भनेर बुझ्नु भएमा क्षमा चाहन्छु
तपाईको प्रतिक्रिया !!