जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले शुक्रबारका दिन साइकल चढ्ने भएका छन् । पेट्रोलियम पदार्थको खपत घटाउनका लागि हप्ताको एक दिन सबैले साइकल चढ्ने भएका हुन् । उपमहानगरपालिकाका उप मेयर किशोरी साहले यो निर्णय आगामी साउन महिनादेखि कार्यान्वयन हुने बताए । उपमहानगरपालिकाको नगर सभाले यस्तो निर्णय गरेको उनले बताए । साउन महिनादेखि प्रत्येक शुक्रबार मेयर, उप मेयरदेखि सबै जनप्रतिनिधि र कर्मचारी कुनै कामका लागि कार्यालय आए साइकलमै आउनुपर्छ’ उनले भने, ‘त्यस दिन कार्यालय आउँदा अन्य सवारी चलाउन पाइने छैन ।उनले पेट्रोलियम पदार्थको खपत घटाउन, पर्यावरणलाई सफा राख्न र शरीरका लागि पनि राम्रो हुने भएकाले हप्ताको एक दिन साइकल चढ्ने निर्णय भएको बताए ।प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न प्रसाद उपाध्यायले शुक्रबार नै आफ्नो कोठाबाट साइकल चढेर कार्यालयसम्म पुगेका छन् ।उनले उपमहानगरपालिकाको नीति अनुरुप आफू कोठादेखि २ किलोमिटर टाढा रहेको कार्यालयसम्म साइकलमै आएको भन्दै फेसबुकमा फोटो पोष्ट गरेका छन् ।
उनले प्रत्येक शुक्रबार साइकल चलाउन सबै जनकपुरबासीलाई हार्दिक आह्वान समेत गरेका छन् ।
तपाईको प्रतिक्रिया !!