Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

यू-२० फुटबल टिम, उत्कृष्ट नतिजा ल्याउने विश्वास: नेपालले खुला छनोटबाट टिम बनाएको छ ।


यू-२० फुटबल टिम, उत्कृष्ट नतिजा ल्याउने विश्वास: नेपालले खुला छनोटबाट टिम बनाएको छ ।

२८ असार, काठमाडौं ।
कोभिड(१९ को असरले उमेर समूहको प्रतियोगिता नियमित नहुँदा यस पटक साफ यू(२० च्याम्पियनसिप खेल्नको लागि नेपालले खुला छनोटबाट टिम बनाएको छ । साफ यू(२० यही जुलाई २५ देखि अगष्ट ५ सम्म भारतको भुवनेश्वरमा हुँदैछ भने एएफसी यू(२० एसिया कप छनोट आगामी सेप्टेम्बरमा बहराइनमा हुँदैछ । यसपटक यू(२० राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरिएको थियो । उनलाई बालगोपाल साहुखल र उज्जल मानन्धरले सघाइरहेका छन् । अहिले प्रशिक्षणमा ३० जना खेलाडी छन् । यहीबाट अन्तिम टिम छनोट गरिनेछ । यसअघि एन्फा कम्प्लेक्समा अभ्यास गरिरहेको टिमले सोमबारदेखि दशरथ रंगशालमा प्रशिक्षण थालेको छ । लामो समयपछि उमेर समूहको टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेकाले खेलाडीदेखि प्रशिक्षक सबै जना उत्साहित छन् । फरक परिस्थितीमा निर्माण भएको टिमले साफ यू(२० मा राम्रो प्रदर्शन गर्दै नतिजा निकाल्ने आशा गरेको छ । त्यसका लागि अहिले दैनिक दुई पटक प्रशिक्षक चलिरहेको छ । वर्तमान नेपाली फुटबलको परिवेशका कारण नै खुला छनोटबाट टिम निर्माण गर्नुपरेको प्रशिक्षक मेघराज केसीले बताए । ‘अहिले नेपाली फुटबल जसरी चलिराछ त्यसकै असरले गर्दा अहिले यसरी टिम बनाउनुपरेको हो । कोभिडले पनि असर गर्‍यो । यू(२० टिम बनाउँदा सपोर्टिङ टिम थिएन । आज भन्दा ५(६ वर्षअघि यू(१६ खेलेको टिम मात्र थियो सपोर्टका लागि,’ केसीले भने, ‘एक डेढ महिनाको समयमा नेपालभरीबाट ७०० जना बच्चाहरु आएका थिए । १० दिन लगाएर ४१ जना छान्यौँ । यसले नेपालमा फुटबल कल्चर छ भन्ने देखिन्छ
सुरुमा खुला छनोट गर्दा टिम कस्तो होला भन्ने कौतुहलमा भए पनि अहिले आफूले राम्रो टिम पाएको प्रशिक्षक केसीको विश्वास छ । ‘कस्तो होला टिम भन्ने थियो । जुन लेभलको टिम पाएको छौँ त्यो पाउँदा म खुशी छु । नेपालमा फुटबलको कल्चर रहेछ भन्ने देखिएको छ । खेलाडीहरु फिजिकल्ली राम्रा छन् । सन्तुष्ट नै छु । सबैले मेहनत गरेका छौँ । नतिजाको पनि निकै आशा गरेका छौँ ।उमेर समूहको टिम भविष्यमा राष्ट्रिय टिमको आधार पनि हो । अझ य(२० र यू(२३ बाट सिधै राष्ट्रिय टिममा पुग्न सक्छन् । तर यस पटक खुला छनोटबाट टिम बनाउनु बाध्यता भएको केसीले बताए । ‘नेपालको फुटबलको स्थितिले यस्तो भएको हो । संसारमा कोभिडले धेरै खेल रोकियो । नेपालमा उमेर समूहको खेल भएन । त्यसले गर्दा समयले त्यस्तो बनाएको हो । त्यही भएर खुला छनोट भयो । उमेर समूहको प्रतियोगिता भाको भए त्यही टिमबाट छनोट हुन्थ्यो । यो बाध्यता पनि थियो । कसरी टिम बनाउनेत केही न केही सपोर्ट त चाहियो । राम्रो खेलाडीहरु छन् भन्ने सन्देश। यसअघि उमेर समूहमा ललित स्मृति यू(१८ च्याम्पियनससिप हुन्थ्यो । जसमा ए डिभिजन क्लबका उमेर समूहका टिमले पनि खेल्थे । त्यसबाट यू(१९ राष्ट्रिय टिमका लागि खेलाडी छनोट गरिन्थ्यो । तर यस पटक कोभिडका कारण त्यो प्रतियोगिता भएन । जसले गर्दा पुराना खेलाडीको उमेर कटिसक्यो भने नयाँ खेलाडी आएका छैनन् ।त्यसैले यस पटक खुला छनोट गर्दा देशैभरबाट खेलाडीले अवसर पाएको र राम्रा खेलाडीहरु छनोट गरिएको प्रशिक्षक केसीको दावी छ । ‘सबभन्दा ठूलो कुरा के छ भने अहिले जति खेलाडीहरु छन् तिनीहरुलाई के लागेको छ भने ममा ट्यालेन्ट छ भने मैले चान्स पनि पाउँछु भन्ने सन्देश गएको छ । किनभने सबै ठाउँबाट खेलाडी आएका थिए र सबै ठाउँबाट प्रतिनिधित्व गर्ने खेलाडी छन् जस्तो लाग्छ । राम्रो गरे जहाँको भए पनि राष्ट्रिय टिममा ठाउँ पाँउछु भन्ने सन्देश जान्छ । खेलाडीमा पनि जोश बढ्छ ।कति खेलाडीहरु पहिलो पटक दशरथ रंगशालमा प्रशिक्षण गर्न आएका छन् र ती खेलाडी १० दिनपछि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न जाँदैछन् भने उनीहरुको मेहनत अझ बढ्ने केसीको विश्वास छ ।खुला छनोटले नेपालमा आफ्नै गाउँठाउँमा खेल्ने खेलाडी पनि यहाँसम्म आइपुगेका छन् । ‘यो राम्रो भन्दा पनि बाध्यता हो । त्यसले फाइदा पुर्‍यायो । एक्स्ट्रा गर्‍यौँ भने होइन’, केसीले भने ।खुला छनोटबाट राष्ट्रिय टिममा खेलिरहेका युवा खेलाडी आयुष घलान पनि यो टोलीमा परेका छन् ।उनी केही समयअघि मात्रै कुवेतमा एएफसी एसियन कप छनोट खेलेर आएका हुन् । यद्यपी उनकै ब्याचका खेलाडीहरु टिममा रहेकोले सबै उस्तै छन् ।प्रशिक्षक केसीले आयुष घलान अहिले राम्रो गरिरहेको खेलाडी भएको सबैको रोलमोडल भएको बताए । तर आफ्नो टिममा सबै आयुष घलान नै भएको बताए । ‘पक्कै पनि आयुषले छोटो समयमा राम्रो गरेको छ । सबैका लागि रोल मोडल हुन सक्छ । उसले प्रमाणित पनि गरिरहेको छ । उ सक्षम पनि छु’, केसीले भने, ‘तर म अलग सोच्छु । मेरो लागि यहाँ भएका सबै आयुष घलान हुन् । त्यो तपाईँले पनि पाउनुहुन्छ ।आयुषले भने सिनियर र जुनियर टिममा केही फरक हुने बताए । ‘सिनियर र जुनियर फरक त हुन्छ नै । यो उमेर समूह हो । व्यावसायिक स्तरमा फरक हुन्छ । व्यवहार फरक पाएँ । कम्बिनेसन सजिलै लाग्यो । आफ्नै ब्याचको भएकोले सबै जना मिलेर मेहनत गरेका छन् ।प्रशिक्षक केसीले यो टिमबाट भविष्यमा धेरै खेलाडी राष्ट्रिय टिममा पर्ने समेत बताए ।राम्रो नतिजा ल्याउने विश्वास

यसअघि साफ यू(१९ र साफ यू(१९ को नामबाट प्रतियोगिता भएको थियो । जहाँ नेपालले सुरुको दुई संस्करण उपाधि जितेको थियो । तेस्रो संस्करणमा भने नेपाल घरेलु मैदानमै समूह चरणबाटै बाहिरियो ।यस पटक यू(२० लेभलमा प्रतियोगिता हुँदैछ । ‘हाम्रो प्रदर्शन उच्च रहन्छ त्यसमा ग्यारेन्टी दिन सक्छु । टिमले राम्रो गरेपछि रिजल्ट पनि राम्रो पाइन्छ । रिजल्ट अहिले केही भन्न सकिन्न । राम्रो प्रदर्शन गरेपछि नतिजा राम्रो हुन्छ’, केसीले भने ।प्रशिक्षक केसीले टिमको बलियो र कमजोर पक्ष भन्दा पनि सबैले मेहनत गरेको र प्रतिस्पर्धा गर्न लायक टिम बनेको बताए । भने, ‘फुटबलको कुरा गर्दा यो राम्रो र यो कमजोर भन्ने भन्दा सबै पक्ष बलियो छ । हाम्रो बलियो पक्ष भनेको हाम्रो फाइटिङ टिम छ । टिम वर्क एकदमै बलियो हुन्छ । नेपाली फुटबलको बलियो टिम देख्नुहुन्छ ।प्रशिक्षक केसीले उमेर समूहको भएकोले विपक्षी टिमको बारेमा त्यति थाहा नहुने र आफ्नो प्रदर्शनमा केन्द्रित हुने बताए । ‘राष्ट्रिय टिम भएको भए विपक्षीको बारे जानकारी हुन्थ्यो । हामी साउथ एसियामा छौँ । अरु टिमको यू(२० कस्तो भनेर अहिले देख्न पाएको छैन । खासै अध्ययन गर्ने मौका पाएका छैनौँ । हामी कसरी बलियो हुने भनेर त्यसमा केन्द्रित छौँ ।साफ यू(२० र एएपसी यू(२० एसिया कप दुवै टिमको प्रशिक्षक बनेका केसीले आफ्नो लागि पनि यो अवसर र चुनौती दुवै भएको बताए । ‘चुनौती र अवसर दुवै हो । मैले के विश्वास गर्छु भने मैल मिहिनेत गर्नुपर्छ, मैले नतिजाका लागि काम गर्नुपर्छ, राष्ट्रिय लेभल होस् या सानो लेभल मैले मेहनत गर्नुपर्छ र नतिजा ल्याउनुपर्छ ।उनले जुनैसुकै लेभलको भए पनि राष्ट्रिय टिम हेर्न पाउनु ठूलो विषय भएको बताए । ‘कुनै पनि प्रशिक्षकका लागि कुनै पनि लेभलको राष्ट्रिय टिम पाउनु ठूलो कुरा हो । त्यसमा आफैले आफूलाई प्रमाणित गर्न सजिलै हुँदैन । तर मेरो काम यही हो । आफ्नो कामलाई गाह्रो भन्दिन । यो बेला सब नेपाली फुटबल फ्यानलाई खुशी बनाउनु आवश्यक छ । किनकी लामो समय ग्याप भएर आउँदा पनि नेपाली फुटबल स्तर घटेको छैन भनेर प्रमाणित गर्नुछ ।राष्ट्रिय टिमबाट खेलिसकेका घलानले साफ यू(२० च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य रहेको र एएफसी यू(२० एसिया कपमा पनि छनोट हुने लक्ष्य रहेको बताए ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए
Banner News

१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

जेष्ठ ७, २०८०, ३:१४ PM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM
नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर