राजन कुमार बानियापर्सा २३ असार
मधेस प्रदेश सरकार मातहत रहेको जनता आवास कार्यक्रम प्रदेशको लगानी बालुवामा पानी भन्ने कहावत जस्तो देखिएको छ। सरकारका कर्मचारी र दलका नेताहरुले जनता अावास कार्यक्रम बाट दलित निमुखा जनता हरुलाई घरको नाउमा ठगदै गरेको यो पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका-४ खेसराहाको मुस्हर बस्तीको घटना हो। प्रदेस सरकारको कर्मचारी ,र नेताका ठेक्दारले खेसराहामा निर्माण गराई रहेको ६ वटा जनता अवास घरमा कमस्ल र दुई नम्बर ईटा बाट घर निर्माण गराई रहेकोले पिडित हरुले पत्रकार संग आफ्नो दुखेसो पोखेका छन । मधेश प्रदेशका कर्मचारी र नेताका ठेकदार हरुले बल जबरजस्ती कमसल र दुई नम्बर ईटा प्रयोग गरिरहेकोले पिडित दलित हरुले बिरोध गर्दा उल्टै ठेकदार हरुले धमकाउने गरिरहेको छ। खेसराहाका भरत माझीले भने तल जब मजगुती हुदैन भने माथी के मजगुती हुन्छ । ठेकदारले बल जबरजस्ती कमसल र दुई नम्बर ईटा धमाधम प्रयोग गराईरहेको गुनासो गरे । प्रदेश सरकारले जनता अावास कार्यक्रममा प्रति घर ३ लाख ३६ हजार रकम पठाएमा मधेश प्रदेश सरकारका कर्मर्चारी र नेताका ठेकदार हरु कमिशन खानको लागि कमसल समाग्री र दुई नं ईटा प्रयोग गरिरहेकोले घर समेत कमजोर हुने छ। अहिले बन्सी माझीले भने दुई महिना अगाडि जनता आवास निर्माण हुन्छ भने अाफ्नो फुसको घर भतकाएर घर बिहिन भएको छ । यता ठेकदारले असार महिनामा घर बनाउने कार्य सुरु गरेकोमा ठेकदारले कमसल समाग्री र दुई नम्बर ईटा प्रयोगले मेरो मनै दुखाएको छ।खेसराहामा ६ वटा घर बनाउन अाएको स्थानिय दुखा माझीले बताए। अहिले फुसको झुपडीको स्टटा इट््टको पक्की संरचना भएको घर पाउने आश्वासन पाएर पुरानाो झुपडी भत्काएर बिजोगमा परेका छन् । पुरानो झुपडी भत्काएर प्लाष्टिक र त्रिपालको ओतमा उनिहरु वर्षा र शीतलहरका बेला झन सास्ती खेप्न बाध्य छन् तर निर्माण भईरहेको घरमा प्रयोग भईरहेको कमसल समाग्री र दुई नम्बर ईटले गर्दा यो समाग्री बाट निर्माण भएको घर भोलिको दिनमा खतरा हुने संकेत देखाएका छन ।तर जनता आवास कार्यक्रम सन्चालन गर्दै आएको वीरगन्ज स्थित सहरी विकास तथा भवन निर्माण कार्यालयका कर्मचारी र कार्यक्रम संयोजकको जिम्मेवारी निर्वाह गर्दै आएका दलका नेताहरुको नीजी स्वार्थका कारण यो कार्यक्रम समस्या बनाएको छ।
तपाईको प्रतिक्रिया !!