Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

लिग टु: क्रिकेट क्यानाडामा अभ्यास , स्कटल्याण्डमा चुनौती


लिग टु: क्रिकेट क्यानाडामा अभ्यास , स्कटल्याण्डमा चुनौती

२३ असार काठमाडौं
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा अर्को साता सुरु हुने आफ्नो पाँचौ शृंखलाअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानडामा तयारी सकाएको छ ।स्कटल्याण्ड भ्रमणको तयारी स्वरुप क्यानडामा खेलेका अभ्यास खेलमा नेपालको प्रदर्शन फितलो रह्यो । क्यानडामा नेपालले स्थानीय टिमसँग दुई अभ्यास खेल जिते पनि क्याडना विरुद्धको एकदिवसीय खेलमा भने खराब प्रदर्शन गर्‍यो । एकदिवसीय मान्यता प्राप्त नेपालले आफूभन्दा कमजोर टिमसँग खेल्दा पनि ब्याटिङ फ्लप देखियो । किङ सिटी ओन्टारियोस्थित मापेल लिफ क्रिकेट क्लब मैदानमा भएको दोस्रो एक दिवसीयमा १८९ रनको लक्ष्य पछ्याउँदा नेपाल ६२ बल बाँकी छँदै १०५ रनमै अलआउट हुँदै ८३ रनले पराजित भयो ।चार वर्षअघि सन् २०१८ मा नामिबियामा भएको डिभिजन टू मा करण केसीले अविश्वसनीय इनिङ्स खेल्दा नेपालले क्यानडामाथि १ विकेटको रोमाञ्चक जित निकालेको थियो । यो जितबाटै नेपालले एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्दै पहिलो पटक एकदिवसी मान्यता प्राप्त गरेके थियो । त्यसपछि क्यानडासँग नेपालले ५० ओभरको खेल खेलेको यो नै पहिलो पटक हो । गत फेब्रुअरीमा ओमानमा भएको टी(२० विश्वकप ग्लोबल छनोटमा नेपालले क्यानडालाई सहजै ८ विकेटले हराएको थियो । तर यस पटक ५० ओभरको खेलमा भने नेपालले आफ्नो स्तर अनुसारको प्रदर्शन गर्न सकेन । हुनत पछिल्लो समय एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेलमा समेत नेपालको ब्याटिङमा एकरुपता छैन । कुनै खेलमा राम्रो ब्याटिङ गर्ने नेपाल कुनै खेलमा कमजोर ब्याटिङकै कारण नतिजा विपक्षीलाई सुम्पँदै आएको छ । नेपालले अमेरिकामा लिग टु को शृंखला खेल्नुअघि नै क्यानडा भ्रमण गर्ने र अभ्यास गर्ने तयारी गरेको थियो । तर भिसा प्रक्रिया लामो बन्दा त्यसबेला क्यानडा जान सम्भव भएन । त्यसैले स्कटल्याण्डमा खेल्न जानुअघि यस पटक क्यानडा भ्रमणको व्यवस्था मिलाइएको थियो । जसमा दुई अभ्यास खेलसहित क्यानडासँग दुई ५० ओभरको खेल खेल्ने तय थियो । त्यसमा मंगलबार हुने भनिएको पहिलो एकदिवसीय खेल भने लगातारको वर्षाका कारण रद्द भएको थियो । नेपालले स्कटल्याण्ड नै गएर तयारी गर्ने प्रयास गरे पनि त्यसो हुन नसकेकोले क्यानडा विकल्पको रुपमा राखिएको कप्तान सन्दीप लामिछानेले बताएका थिए । क्यानडामा एक साताको तयारीपछि नेपाली टोली लिग टु का लागि बिहीबार राति स्कटल्याण्ड जाने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

क्यानडा जानुअघि कप्तान लामिछानेले भ्रमण नेपालका लागि राम्रो अवसर हुने बताएका थिए । तर स्कटल्याण्ड र नामिबिया जस्तो राम्रो टिमसँग खेल्नुअघि क्यानडामा नेपालले सोचेअनुसारको तयारी गर्न सकेन ।२६ असारदेखि १ साउनसम्म स्कटल्याण्डको ग्लास्गो र अयरमा हुने एकदिवसीय शृंखलामा नेपालले कूल चार खेल खेल्नेछ । पहिलो पटक स्कटल्याण्डमा खेल्नु, विपक्षी टिमहरु राम्रो हुन र तयारी कमजोर हुँदा यस पटक लिग टु मा नेपाललाई ठूलो चुनौती छ । स्कटल्याण्डलाई घरेलु मैदानको फाइदा हुनेछ । नेपालले फरक कन्डिसनमा खेल्नुपर्ने हुन्छ । ‘यो अरु भन्दा धेरै चुनौतीपूर्ण छ । त्यहाको कन्डिसन र मौसमले गर्दा ब्याटरलाई चुनौती छ’, सन्दीपले भनेका छन् । कप्तान सन्दीपले दुवै टिम राम्रो रहेको र नेपाली टिम पनि प्रतिस्पर्धा गर्न सक्ने खालको रहेको बताएका थिए । दुई स्पिनर सागर ढकाल र सुशन भारीलाई बाहिर राख्दै टिममा स्पीन अलराउण्डर वसिर अहमद र पवन सर्राफलाई राखिएको छ । वसिर र पवनसँगै मिडियम पेसर किशोर महतो टिममा हुँदा नेपाललाई फाइदा पुग्ने सन्दीपको विश्वास छ । नेपाललाई हरेक खेल २ अंकका लागि महत्वपूर्ण रहेको सन्दीपले बताए । ‘सबै गेम हामीलाई २ अंकका लागि महत्वपूर्ण छ । यहाँबाट धेरै गेम जितेर घर फर्किए अंकतालिकामा पनि राम्रो हुन्छ,’ सन्दीपले क्यानडा जानुअघि भने, ‘हामी तीन खेल जित्ने सोचमा छौँ । चार खेल जिते सुनमा सुगन्ध हुन्छ । तीन खेल जिते पनि सन्तुष्ट हुन्छौँ । नेपालले लिग टु मा ३६ मध्ये १६ खेल खेल्दा ७ जित र एक बराबरीबाट १५ अंक जोडेको छ । सन्दीपले लिग टु मा माथिल्लो स्थानमा यही टुरबाट राम्रो प्रदर्शन गर्नुपर्ने बताएका छन् । ‘यो टुरपछि १६ गेम बाँकी हुन्छ । १६ मध्ये त्यसमा कति खेल जित्नु पर्ने हुन्छ भन्दा पनि अहिले सुरु गर्‍यौँ । बाँकी २० खेलमा जति सकिन्छ जितेर अघि बढ्नुपर्छ । क्यानडा पुगेपछि सन्दीपले शून्य समर्थन र एक्लै लड्नुपर्ने भन्दै ट्वीट गरेका थिए । जसले टिममा सन्दीपले सपोर्ट नपाएको र एक्लै लड्नुपर्ने अवस्था आएको बुझ्न कठिन भएन । पछिल्लो समय नेपाली क्रिकेट टिममा गुट उपगुटको चर्चा चलिरहे पनि त्यसलाई सम्बन्धित पक्षले नकार्दै आएको थियो । तर सन्दीपकै यस्तो ट्वीटले भने टिममा एकता नभएको हो कि भन्ने प्रश्न उब्जाएको छ ।यस्तै सन्दीपले केही दिनअघि पूर्व उपकप्तान तथा हालका राष्ट्रिय टिमका सदस्य दीपेन्द्र सिंह ऐरीको प्रशंसा गर्दै ट्वीट गरेका थिए ।
यस्तै क्यानडासँगको खेलमा पराजित भएपछि सन्दीपले अर्को ट्वीट गरेका छन् । जसमा उनले कठिन अनुभवले नै सबैभन्दा धेरै कुरा सिकाउने लेखेका छन् । ‘याद गर्नुहोस् सबैभन्दा कठिन अनुभवहरू प्रायः ती हुन् जसले हामीलाई सबैभन्दा धेरै सिकाउँछन्’, सन्दीपले ट्वीटमा लेखेका छन् ।
सायद क्यानडा भ्रमणमा यस पटक सन्दीपले व्यक्तिगत रुपमा र टिममा पनि चुद्ददतीको सामना गर्नुपर्‍यो । परिस्थितिले पनि उनलाई धेरै कुरा सिकाएको हुन सक्छ ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए
Banner News

१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

जेष्ठ ७, २०८०, ३:१४ PM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त
Banner News

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

जेष्ठ ७, २०८०, २:३५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

2 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

2 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

2 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

2 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

2 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर