टुडे एक्सप्रेस/जनकपुरधाम
धनुषाको मिथिला नगरपालिकामा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा०बीच चुनावी तालमेल भएको छ ।
जसपाले ११ वटा वडा मध्ये ५ वटा वडामा वडाध्यक्ष पाएका छन् ।
माओवादीले ६ वटा वडाध्यक्षसहित मेयर, उपमेयर पाएको छ ।
जसपाले १,२,४,५ र ६ नम्बर वडा पाएको छ । यस्तै माओवादी केन्द्रले वडा नं। ३,७,८,९,१० र ११ नम्बर वडा भागमा पाएको छ ।
माओवादी केन्द्रबाट मेयरमा रामकुमार महतो र उपमेयरमा बिमला अधिकारीले मनोनयन दर्ता गराएका छन् ।
भागवण्डामा परका वडाबाट दुबै दलले वडाध्यक्षसहित सदस्य पदमा उम्मेदवारी दर्ता गराएको मेयरका उम्मेदवार महतोले बताए ।
यस नगरपालिकामा गत २०७४ को चुनावमा एमालेका उम्मेदवार हरिनारायण महतो ६ हजार ७४० मत ल्याएर विजयी भएका थिए ।
तपाईको प्रतिक्रिया !!