टुडे एक्सप्रेस/जनकपुरधाम
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट मेयर पदमा शिवशंकर प्रसाद सिंह र उपमेयरमा निर्मला यादवले उम्मेदवारी दिएका छन् ।
सोमबार निर्वाचन अधिकृतको कार्यालयमा सिंह र यादवले मनोनयन दर्ता गराएका हुन् ।

मेयर पदमा मनोनयद दर्तापछि सिंहले क्षीरेश्वर नगरपालिकाको विकास र सुशासनलाई प्राथमिकतामा राख्न आफू र मेयर पदमा उम्मेदवारी दिएको बताए ।
नगरका लागि शिक्षा, स्वास्थय, कृषि, उद्योग, रोजगार, पर्यटन जस्ता समृद्धिका आधारहरु आफ्नो मुख्य एजेण्डा रहेको उम्मेदवार सिंहले बताए ।
तपाईको प्रतिक्रिया !!